राष्ट्रिय सहकारी नियमन प्राधिकरण सम्बन्धी कानुनी व्यवस्था, वर्तमान अवस्था, प्राधिकरणको भावि कार्यदिशाका सवालमा प्राधिकरणका सचिव रविन ढकाल तथा नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुलाई जारी निर्देशन तथा मापदण्ड २०८१ चैत्र २१ गते जारी कानुनी प्रावधान र मापदण्डको प्रमुख कार्यकारी अधिकृत पौडेलले सहकारी संस्थाहरुलाई सुशासन, पादर्शीता, जवाफ देहिता, बचतकर्ताको बचत सुरक्षणका लागि नियमन, अनुगमन, निरीक्षण अनिवार्य गर्नुपर्ने त्यसमा लागत लाग्ने नगरेमा झन बढी लागत लागि संस्थाहरु नै धारासायी हुने अवस्था आउने कुरा बताउनु भयो । ६० लाख बचत कर्ताको रकम ठुलाठालुले प्रयोग गरी नसिद्धयाउन भनेर राष्ट्र बैंकले नयाँ मापदण्ड ल्याएको प्रमुख कार्यकारी निर्देशक पौडेलले उल्येख गर्नुभयो । त्यसैगरी प्राधिकरणका सचिव ढकालले प्राधिकरणको न्यायिक आधार, काम कर्तब्य अधिकारको सवालमा सहभागीहरुलाई साक्षात्कर गर्नुभएको थियो ।
नियमको उलंघन गर्ने संस्थालाई १५ लाख, संचालक र व्यवस्थापकलाई ५ लाख सम्म जरीवाना
नियमको पालना नगर्ने संस्थालाई ५ लाख देखि १५ लाख जरिवाना नीति नियम विरुद्ध कार्य गरेका ठहरेमा सञ्चालक र व्यवस्थापकलाई १ लाख देखि ५ लाख जरिवाना प्राधिकरणले नै गर्न सक्ने छ । वागमती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटाले सहकारीको सञ्चालक अहिले भएको नयाँ मापदण्डमा ५ देखि ७ नभई ९ देखि १५ जना, बचत सिमाको दायरा फराकीलो, ऋण प्रवाहको सिमामा पुनर विचार गर्नुपर्ने तर्क गर्नुभयो । जिल्ला बचत संघका सञ्चालक बालकृष्ण दाहलले सरकारले लिदैं आएको लाभकर अधिक भएको राष्ट्र बैंक र सहकारी नियमन निकाय गविवमारा, निकम्वाभएर समस्या आएको बताउनु भयो । कार्यक्रममा इन्द्र अधिकारीले विकास र समृद्धिका आधार स्तम्भ सहकारीका सञ्चालक र अभियान्ताकलाई नतर्साउन, गलत गर्नेहरुलाई कानुनी कठाघरमा उभ्यान आग्रह गर्नुभयो । अर्का सल्लाहकार सम्भुलाल श्रेष्ठले सहकारी संस्थाहरुको स्थायित्व र विकास गर्न राज्यल सम्वयकारी भूमिका खेली अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो । सम्बन्धमा कर्यपत्र प्रस्तुत गर्नुभयो । काभ्रे जिल्लाका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुको सहभागितामा जिल्ला सहकारी संघ काभ्रे र जिल्ला बचत संघ काभ्रेद्वारा संयुक्तरुपमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । जिल्ला बचत संघका प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकालले सहकारी क्षेत्रको वर्तमान अवस्था र परिस्थितिको सवाल आगामी जीकरणको आवस्यकाताको बारेमा प्रस्तुति गर्नुभयो । जिल्ला सहकारी संघका प्रमुख कार्य कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । जिल्ला सहकारी संघ काभ्रे अध्यक्ष अमन पोटको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजक जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थ रहनु भएको थियोे । उक्त कार्यक्रममा १८ जनाले रक्तदान गरेको कुरा जिल्ला सहकारी संघका कोषाध्यक्ष अर्जुन सापकोटाले बताउनु भयो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । उक्त बहस पैरवी कार्यक्रममा जिल्ला स्थीत सहकारी संस्थाका अध्यक्ष तथा प्रबन्धक गरी २२५ जनाको सहभागीता रहको थियो ।
