नेपाल लोकतान्त्रिक यातायात ब्यबसायी संघ दोस्रो राष्ट्रिय महाधिवेशन २०८२ बैशाख १० गते हुने भएको छ । राष्ट्रियता, लोकतन्त्र, समाजवाद देश विकासका लागि सडक यातायात भन्ने मुल नाराका साथ २०७२ मा गठन भएको संघ दोस्रो महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान १०.३० बजे कार्यक्रम हुने कुरा ब्यबसायी संघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताउनु भयो।सम्पुर्ण ब्यबसायीहरुलाई कार्यक्रममा सहभागीताको लागि हार्दिक आह्वान गरिएको छ ।
