बनेपामा रहेको बालबाटिका विद्या मन्दिर माध्यमिक स्कुल बनेपाको ३५ औ अभिभावक दिवस, २७ औ एसईई समुहको विदाई तथा प्रि प्राईमरी तहका विद्यार्थीहरुको दिक्षान्त समारोह सम्पन्न भएको छ । निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन)का केन्द्रिय अध्यक्ष कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम बालबाटिका विद्या मन्दिरका संस्थापक निर्देशक रवि श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्याब्सन अध्यक्ष अधिकारीले निजी विद्यालयहरुले समाज र देशको निर्माणमा समेत शैक्षिक विकासमा महोत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै पु¥याएको बालबाटिका विद्या मन्दिरले सृजनात्मक र स्तरीय शिक्षा प्रदान गरी अभिभावकहरुको मन जितेकोमा बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्याब्सनका महासचिव आरवी कटुवाल, उपमहासचिव भिमसेन केसी, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, अभिभावक सुरेश हुमागाई लगायतले मन्तव्य राख्नुभएको थियो । आयुषा भुजेल, शिक्षक प्रिति सुवाल लगायतले विद्यालयले शैक्षिक क्षेत्रमा खेलेको भूमिकाको बारेमा चर्चा गरेका थिए ।
विद्यालयका प्रिन्सिपल रजना प्रधान श्रेष्ठले विद्यालयले ३५ वर्षको अवधीमा पु¥याएको योगदानको चर्चा गर्दै निरन्तर अभिभावकहरुले दिएका माया र विद्यार्थीहरुको सृजनात्मक शिक्षा बताउनुभयो । भौतिक, ब्यवहारीक, प्रयोगात्मक तथा प्रविधि सहितको शिक्षा प्रदान गर्न निरन्तर लागि परेको बताउनुभयो ।
विद्यालयको शैक्षिक क्रियाकलापमा सामीलित हुनुभएका डा.प्रेरणा श्रेष्ठ, डा.अनमोल श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, पत्रकारहरु तथा विभिन्न संघ संस्थाका ब्यक्तिहरुको सहभागिता रहेको थियो । अभिभावक दिवस कार्यक्रममा सामाजिक सन्देशमुलक सहितको नाटक कक्षा ६ र ७ का विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । विद्यार्थीहरु र शिक्षकहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।
