पुर्व मन्त्री एवं नेकपा एमालेका पोलिटयूरो सदस्य गोकुल बाँस्कोटाले राजतन्त्र इतिहास भइसक्यो राप्रपा सहित कथित केहि झुण्डहरुले केहि हात पार्न सकिन्छ की भनेर गणतन्त्रको विरुद्धमा लागेर नागरिक भट्काउन जालझेल गर्दै हिडेका छन् त्यो पुरा हुुन नसक्ने बताउनुभयो । प्रेस चौतारी काभ्रेले बनेपामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई बास्कोटाले गत चैत १५ गते राजावादीले गरेको आन्दोलनमा पत्रकारलाई जिउँदै जलाइएको घटनाप्रती आपति जनाउँदै भत्र्सना गर्नुभयो । उनले लोकतन्त्रमा मात्रै पत्रकारिता जीवनको स्वतन्त्रता हुने बताउनुभयो ।
राजतन्त्र विगत १८ वर्ष अघि समाप्त भइसकेको छ । अब राजावादीहरुले राजतन्त्रको दिवा सपना देख्नु बाहेक अरु केहि नभएको बताउँनु भयो । नेपाल लोकतान्त्रिक गणतन्त्रको पूmलबारीमा सबै अटाउने छ भने आ–आफ्ना कमजोरीलाई सच्याउँदै सवल पक्षलाई थप व्यवस्थित गर्दै देशको विकास र सम्बृद्धि ल्याउन निरन्तर लागिरहेको पूर्व मन्त्री बांस्कोटाकाका भनाई रहेको थियो ।
पुर्व सञ्चार तथा सुचना प्रविधि मन्त्री समेत भइसक्नु भएका बास्कोटाले पत्रकारहरुले स्वतन्त्रतापुर्वक स्वतन्त्रताका लागि लडेर गणतन्त्रको पक्षमा बुलन्द आवाज उठाएको उल्लेख गर्नुभयो । गणतन्त्रको पक्षमा दरविलो खम्बाको रुपमा उभिएर नेपाल पत्रकार महासंघले वक्तव्य जारी गरेको उहाँले स्मरण गर्नुभयो ।
रेखबहादुर आफन्त मोहनलाई सहयोग रकम हस्तान्तरण
उक्त कार्यक्रममा पत्रकार रेखबहादुर रखालको उत मंसिरमा निधन भएकोले स्वर्गीय रखाल प्रति भावपूर्ण अपर्ण सोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । स्वर्गीय रखालको आफन्तजन भइ मोहन रखाललाई सञ्चारकर्मीबाट संकलित २३ हजार ६ सय ५ रकम प्रमुख अतिथि बाँस्कोटाले हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा प्रेस चौतारी काभ्रेका अध्यक्ष केदार तिमल्सिनाको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य रिता ढकाल, एमाले काभ्रेका सचिव राजकुमार सापकोटा, उप–सचिव रत्नकुश रञ्जितकार, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपाने लगायत सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन सचिव विकास तिमल्सिनाले गर्नुभएको थियो ।
