रामभत्त कोखश्रेष्ठ स्मृति सिरपाः प्रबन्ध समितिको २२ औ साधारण सभा समितिका अध्यक्ष हरि भक्त भोछिभोयाको सभापतित्व तथा बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । रामभक्त सिरपा ः सहित साहित्यकार, गीतकार तथा लेखक भूषण भोमि श्रेष्ठलाई दोसल्ला र नगद २५ हजारबाट सम्मानित गरिएको हो । समिति उप सभापति राजु सरकारले सम्मानित ब्यक्तित्वको बारेमा परिचय गराउनु भएको थियो । भुषन भोमि श्रेष्ठ गीति नाटक लेख्ने नेपालको ५ औ ब्याक्ती भएको चर्चा गरेको थियोे । बनेपाको कला परिषद गठन भूषणकै नेतृत्वमा भएको थियो । हरिसन्खर मानन्धरले स्वागत मन्तव्य राख्नुभएको थियोे । बनेपा नगरपालिका–६ का अध्यक्ष सचिता नन्द केसी, वडा नं.–७ का अध्यक्ष हिटलर शाक्य, वडा नं.–८ कि अध्यक्ष शुभ लक्ष्मी मानन्धर, वरिष्ठ साहित्यकार मोहन दुवाल, सामुदायिक रेडियो प्रसारक संघ काभ्रे संयोजक रमेश प्रासाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियोे । सचिव कृष्ण प्रसाद कायस्थले प्रगति प्रतिबेदन तथा भाबी कार्य योजना र कोषाध्यक्ष राम प्यारी श्रेष्ठले आर्थिक कारोबारको बारेमा जानकारी गराउनु भएको थियोे । शिक्षा सेवी, समाज सेवी बनेपा नगरका पुर्ब नगर प्रमुख समेत रहनुभएका रामभक्त कोख श्रेष्ठको नाममा कोष स्थापना गरेको रकम हरेक वर्ष समाजमा योगदान गर्ने ब्याक्तीहरुलाई सम्मान गर्दै आएको कुरा कृष्ण प्यारी नकर्मीले बताउनु भयो । प्रमुख अतिथि शाक्यले राजनीतिज्ञ, समाज सेवी र शिक्षा सेवी रामभक्त सरको नाममा कोष खडा गरि पुरस्कृत गर्दै आएकोमा समितिले समाजले मार्ग दर्शककोरुपमा लिने कार्य गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा समितिका सदस्यहरु र स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
