पनौती, जीवन विज्ञान मानेश्वरी योग प्रयोगशाला पनौती ४ ले गत चैत्र २४ गते देखि ३० गते सम्म योगशिविर सम्पन्न गरेको छ । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले एक कार्यक्रम बीच योग शिविरको उद्घाटन गर्नुभयो । उप–प्रमुख गिता बञ्जारा, वडा नं. ७ का अध्यक्ष सविन ताम्राकार लगायतको आतिथ्यता रहेको थियो । जीवनलाई उर्जामय बनाउन निरोगी र स्वस्थ्य रहन जीवन विज्ञानद्वारा सञ्चालित योग, ध्यान गर्नुपर्ने प्रशिक्षक मिरा पौडेलले बताउनु भयो । बनेपा, धुलिखेल पनौती नगरक्षेत्र भित्रका करीब ५ सयको हाराहारीमा पनौती नगरको रङ्गशालामा विहान जीवन विज्ञानको योग ध्यान गर्न योगसादकहरु आउने गरेको कुरा प्रशिक्षक सारदा घिमिरे न्यौपानेले बताउनुभयो ।
१४ वर्षको सगर्वद्वारा योग प्रशिक्षण
भालेश्वर मावि पनौतीमा कक्षा ९ मा अध्ययनरत छात्र सगर्व न्यौपानेले योग शिविरमा सहभागी साधकहरुलाई योग प्रशिक्षण दिनुभयो । जीवन विज्ञान अभियानका रमेश गुरु देव, भानु गुरुदेव र माता सारदा घिमिरे न्यौपानेको प्रेरणाबाट जीवन विज्ञान योग शिकेर जीवनलाई सुखमय, उर्जामय र निरोगी बनाउन सहयोग पु¥याउने उनको कथन थियो । विहान ५ः३० बजे देखि ७ बजे सम्म पनौती रङ्गशालामा साताव्यापी योग शिविर गरेको सहजकर्ता शिव तिमल्सिनाले बताउनुभयो । प्रशिक्षक रमेश पौडेलले समेत प्रशिक्षण दिनुभएको कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ काभ्रेको संयोजक रमेशप्रसाद न्यौपाने, रेडियो एविसीका स्टेशनर म्यानेजर हरिनाथ न्यौपाने, बनेपा नगरपालिका वडा नं. ७ को सदस्य रामेश्वरी मानन्धर लगायतको आतिथ्यता रहेको थियो । पनौतीको पशुपती धर्मशाला राधाकृष्ण चोक खरिवाट चोक कुशादेवीमा नियमित योग शिविर सञ्चालन भइरहेको आयोजकले जनाएको छ ।
