IMG-LOGO

लुटपाट गर्ने गिरोह पक्राउ

 बुध, चैत २६, २०८१  --

 

    हतियार देखाउँदै विभिन्न स्थानमा लुटपाट गर्ने गिरोहका चार जनालाई प्रहरिले पक्राउ गरेको छ । खुकुरी, बन्चरो लगायतका धारिलो हतियार र नक्कली पेस्तोल देखाई सुनका गहनाहरु लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले -पक्राउ परेकालाई काभ्रे ल्याएर मुद्दा चलाइएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नंं २ बस्ने ४९ वर्षका बिर बहादुर तामाङ, ४२ वर्षका वुद्धिमान तामाङ, ओखलढुंगा खिजितेम्बा गाउँपालिका वडा नं ९ का ५२ वर्षका महेशकुमार खड्का र उदयपुरको कटारी नगरपालिका १४ का ३६ वर्षका राजकुमार दनुवार रहेका छन् । अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पक्राउ पर्ने मध्येका बिरबहादुर र बुद्धिमान तामाङले गत साउन ३१ गते राती पनौती नगरपालिका वडा नं ५ मा धर्मगोपाल श्रेष्ठले सञ्चालन गरेको नेवा ग्रिल हिल खाजा घरमा श्रेष्ठको घाँटीमा खुकुरी राखी मार्ने धम्की दिएर नगद ४० हजार लुटेका थिए । बिरबहादुर, -बुद्धिमान तामाङ र महेशकुमार खड्का समेतले गत भदौ ११ गते धुलिखेल नगरपालिका वडा नं ९ रामकोटमा दिपकबहादुर तामाङलाई पनि खुकुरी देखाइ मार्ने धम्की दिएर सुनका रिगं र नगद ६५ हजार लुटेका थिए । गत माघ ४ गते बनेपा नगरपालिका वडा नं ३ टनचोक मानेडाँडास्थित लोपसाङ लामाले संचालन गरेको लामा होमस्टेमा लामासहित परिवारका सबै सदस्य सुतिसकेको मौकामा मुखमा कालो माक्स, टाउकोमा कालो टोपी समेत लगाएर खुकुरी र बच्चरो समेत बोकेर होम स्टेभित्रबाट सुनका गरगहनाहरु र नगद ३ लाख २० हजार र एउटा मोबाइल समेत लुटेर फरार भएका थिए । सोही समूहका बुद्धिमान, बिरबहादुर तामाङ र राजुकुमार दनुवारले गत माघ १३ गते राती १ बजे बनेपा नगरपालिका वडा नं ४ को रेडक्रस टोेलस्थित सुकान्त भोम्जनको -घरको भित्ता फोडेर प्रबेश गरी खुकुरी देखाएर डर, धाक, धम्की दिएर सुनका गहना, नगद २० हजार र दुई वटा मोबाईल समेत चोरी भागेका थिए । धुलिखेल नगरपालिका वडा नं ७ मा लासाङ गोलेले संचालन गरेको आमा कृषि पशुपक्षी बंगुर फर्ममा गत फागुन ५ गते वुद्धिमान तामाङ, महेश कुमार खड्का र राजु कुमार दनुवारले नक्कली पेस्तोल र खुकुरी देखाई लासाङ गोलेले घाटीमा लगाएको सुनको गरगहना र भिभो कम्पनीको मोबाईल थान १ लुटेर भागेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्