IMG-LOGO

सूर्यविनायक धुलिखेल सडकखण्ड समयमै नसकिने निर्माण कम्पनिको भनाइ

 बुध, चैत २६, २०८१  --

    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको काम निर्धारित समयमा नसकिने लामा कन्ट्रक्सन -कम्पनीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले बिहीबार साँगा–धुलिखेल सडक, धुलिखेल–खावा सडक र धुलिखेल–नेपालथोक सडकको वर्तमान अवस्थाका बारेमा गरेको अन्तक्र्रिया कार्यक्रममा कम्पनीका मेनेजर रविन्द्र श्रेष्ठले निर्माण सामाग्रीको अभावमा काम गर्न अप्ठ्यारो परेको बताउनुभयो । बनेपा बजार क्षेत्रमा विवादका कारण डेढ वर्षसम्म काम सुरु गर्न नसकिएको, पुण्यमाता खोला पुलको उचाई कति कायम गर्ने भन्ने अझै नटुंगिएको, ९ वटा घरटहरा हटाउन बाँकी रहेको, अप्टिकल फाइबर, विद्युत पोल स्थानान्तरणमा भएको ढिलाई, पाँचकुमारी पेट्रोल पम्प क्षेत्रमा २ वर्षसम्म काम सुरु गर्न नसक्दा निर्माण कार्यमा ढिलाई भएको श्रेष्ठको भनाई रहेकोे छ । सूर्यविनायक–धुलिखेल सडक आयोजना, भक्तपुरका सिनियर डिभिजनल -इन्जिनियर सजना अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै यस वर्ष विनियोजित १ अर्ब १२ करोड ६ लाख बजेटमध्ये ७६ करोड ७६ लाख अर्थात ६८.४९ प्रतिशत खर्च भएको जानकारी दिदै हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको उल्लेख गर्नुभयो । १५.७ किलोमिटरको उक्त सडक ६ लेनमा विस्तार गर्न भन्दै ०७९ मंसिरमा ३ वर्षभित्र काम सक्ने गरि सम्झौता भएको थियो । निर्माणका क्रममा विभिन्न ठाउँमा अवरोध आएको, विद्युतका पोलहरु सार्न समय लागेको र घरटहरा तथा ढल व्यवस्थापनका काममा समय लागेका कारण निर्धारित समयमा काम गर्न नसकिने लामा कन्ट्रक्सन कम्पनीको भनाई रहेको छ । उता धुलिखेल–खावा खण्डको ४ किलोमिटर सडकमा यसअघि निर्माणको जिम्मा लिएको कम्पनीले समयमा काम नसकेको भन्दै ठेक्का सम्झौता -खारेज भएपछि नयाँ ठेक्का लगाउने प्रक्रियामा रहेको डिभिजन सडक कार्यालय, भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिनुभयो । कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का, जिल्ला ट्राफिक प्रहरी प्रमुख विकास तामाङ लगायतले मनसुन अबधिमा हुनसक्ने जोखिम, सडकमा यात्रुले पाएको सास्ती र बढ्दो दुर्घटनाको जोखिमबारे आ–आफ्नो धारणा राख्नुभयो ।  अन्तक्र्रिया कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, नेपाली कांग्रेसका जिल्ला उप–सभापति रमेशप्रसाद हुमागाईं, नेकपा एमालेका नेता प्रकाश रोक्का, एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष रघुवर चौप्रधान, रास्वपाका जिल्ला सचिव जिएन सापकोटा ,पर्यटन व्यवसायी ज्योत्सना सैंजु र प्रेमकण्ठ माकजुले लगायतले सडक निर्माणमा -भएको ढिलाइबाट उत्पन्न सास्ती, मनसुनमा हुनसक्ने जोखिम, पर्यटन क्षेत्रको समस्याका बारेमा धारणा राख्नुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्