जनमत वाङ्मय प्रतिष्ठानको ४१ औ बार्षिकोत्सव कार्यक्रम शनिबार बनेपामा सम्पन्न भएको -छ । संस्कृत शिरोमणि तथा लेखक हरिराम जोशीको प्रमुख आतिथ्यता एवं प्रतिष्ठान नेपालका अध्यक्ष मोहन दुवालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा १५ जना ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । बनेपाको अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा दीपा जनमतबाट आकाश अधिकारी तनहुँलाई, गणेश खिलकुमारी दुवाल जनमत सम्मानबाट किशोर पहाडीलाई, हृदयचन्द्र बरिष्ठ जनमत साधक सम्मानबाट प्रा.डा बासुदेव त्रिपाठीलाई सम्मान गरियो । त्यसैगरी तनहुँ जनमत जनक प्रधान सेवा सम्मानबाट विनोदराज शर्मा भक्तपुर, केवलपुरे जनमत सम्मानबाट मोमिला जोशी धनकुटा, जनमत महेन्द्रलाल कलाकार सम्मानबाट कालु कुमाले ललितपुर, जनमत राजभाई सहयात्री सम्मानबाट देवीचरण भण्डारि झापा सम्मानित भएका -छन् । भारती जनमत साहित्यिक पत्रकारिता सम्मानबाट चेतनाथ धमला ओखलढुंङ्गा, जनमत केदार सुदर्शना बालसाहित्य सम्मानबाट डा. ध्रुव घिमिरे नुवाकोट, जनमत मित्र अनुवाद राष्ट्रिय सम्मानबाट मधुसुदन पाण्डेय दाङ, जनमत सिचि धर्म÷संस्कृति सम्मानबाट ब्रम्हकुमारी लक्ष्मी दिदी बनेपा, जनमत दीपक बैद्य स्वास्थ्य सम्मानबाट डा. प्रकाशराज रेग्मी पाल्पा सम्मानित भए । जनमत ज्ञानरत्न मंगलतारा राष्ट्रिय सम्मानबाट फूलमान बल काभ्रे, जनमत पूर्णमाया लुचि समाजसेवा सम्मानबाट पूर्णबहादुर गुरुङ सुनसरी र कमला सैंजु जनमत सम्मानबाट इल्या भट्टराई काठमाडौं सम्मानित भएका छन् । यसैगरि कदरपत्र सहित शिक्षणसेवा तर्फ गोविन्दलाल प्रधानाङ्ग, पत्रकारिता तर्फ प्रल्हाद शर्मा हुमागाईं र समाजसेवा तर्फ त्रिरत्न रञ्जितकार सम्मानित -भएका छन् ।
