पलाञ्चोक भगवती मन्दिरमा राखिएको दानपेटिकाबाट नगद चोरी गर्ने रविन खुलाल पक्राउ परेका छन् । ०७९ कार्तिक २६ गते राति पाँचखाल नगरपालिका वडा नं. ०९ स्थित पलाञ्चोक भगवती मन्दिरमा राखिएको दानपेटिकामा रहेको नगद ७०,००० बराबरको रकम उनले चोरी गरेका थिए । उनै खुलाल रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नं. ०७ मा रहेको खाँडादेवी मन्दिरको दानपेटिकामा रहेको नगद चोरी घटनामा पक्राउ परी कारागार कार्यालय रामेछापमा थुनामा रहेका थिए । काभ्रेको खानीखोला गाउँपालिका ७ बस्ने वर्ष ३० को रविन खुलाल भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएर गएको प्रहरी टोलीले समेत निज प्रतिवादी -रविन खुलाल उपर किटानी जाहेरी लिई निजलाई समेत कार्यालयमा झिकाई अधिकार प्राप्त अधिकारी समक्ष पेश गरेको छ । उनीसँग बयान लगायतको कार्य सम्पन्न गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
