समुन्नत पाठशाला धुलिखेलको सातौ बार्षिकोत्सव एवं पाँचौ दीक्षान्त कार्यक्रम शनिबार सम्पन्न भएको छ । काठमाडौ विश्वविद्यालयका एशोसिएट डिन प्रा.डा. हेमराज काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा २९ जना बालबालिकाहरु दीक्षित भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी काफ्लेले बालबालिकाहरुलाई संस्कार र ब्यवहार -सिकाउन अभिभावक हरुले पर्याप्त समय दिनुपर्नेमा जोड दिनुभयो ।
पाठशालाका अध्यक्ष देवकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रिन्सिपल अनिता आचार्यले विद्यालयको गतिविधिका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, धुलिखेल नगर कमिटी प्याब्सनका अध्यक्ष मिलन आचार्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
