IMG-LOGO

नेपालमा पहिलो सहकारी बनेपामै संचालन भएको दाबी

 बुध, चैत २६, २०८१  --

 

    नेपालमा पहिलो सहकारी बनेपामा नै संचालन भएको दाबी गरिएको छ । ६८औं रास्ट्रिय -सहकारी दिवसको अवसरमा बिन्धवासिनी साकोसद्वारा गत मंगलबार आयोजित “नेपालमा सहकारीको प्रादुर्भाव र काभ्रेपलाञ्चोक जिल्ला “विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो दाबी गरेका हुन् । बागमती प्रदेश सांसद कन्चनचन्द्र बादेको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपालमा पहिलो पटक बि.स २००० सालमा काभ्रे जिल्ला पुर्ब १ नम्बरमा सहकारी खोल्न बनेपाका राज दास बादेले नेतृत्व गरेको दाबी गरिएको छ । सहकारी अभियानकर्मी दिपक प्रसाद पौडेलले सहकारी क्षेत्रका दिग्गज ब्यक्तित्व, सरोकारवाला र संचारकर्मीहरुको बीचमा सहकारी क्षेत्रको बारेमा आफ्नो धारणा राख्नुभयो । संस्थाका संचालक केशव थापाले कार्यपत्र प्रस्तुत गर्नुभयो । यसअघि चितवन -जिल्लाका बखान सिं गुरुङ्ले बाढीपीडित किसानहरुलाई संगठित गरेर सहकारी ऋण समिति गठन गरेको तथ्यलाई  आज सम्म मान्दै आईएको छ । आगामी वर्षदेखि काभ्रेको बनेपाबाट पहिलो सहकारी सन्चालन भएको तथ्य प्रमाण पेश गरि सरकारलाई घोषणा गर्ने अवस्था सृजना गर्न सबै एकताबद्ध भइ लाग्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । कार्यक्रममा बनेपा नगर प्रमुख  शान्तिरत्न शाक्य, नेफ्स्कुनका अध्यक्ष चन्द्र ढकाल, सक्षम साकोस बनेपाका अध्यक्ष रमेशकाजी श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका पुर्बअध्यक्ष मोतीराम तिमल्सिना लगायतले बोल्नुभएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत  केवि लामाले सहजीकरण गर्नुभएको कार्यक्रमको -सन्चालन उप–कार्यकारी अधिकृत त्रीलोचन घिमिरेले गर्नुभएको थियोे ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्