ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपा अन्तर्गत ज्ञानकुञ्ज किन्डरगार्टेनमा यु.के.जी. तहमा अध्ययनरत ५३ जना विद्यार्थीहरु शुक्रबार दीक्षित भएका छन् । शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै वैद्यले पढाइसँग सम्बन्धित युग सुहाउदो थप कार्यक्रमहरु आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाइ, वैज्ञानिक र बालमैत्री ढंगले अभिभावकहरुका बिच लोकप्रिय रहेको विद्यालय आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हुदै सबैको मन जित्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप -वैद्यले स्वागत मन्तव्य राख्नुहुदै समयको माग अनुरुप नैतिक, व्यावहारिक शिक्षाका लागि ज्ञानकुञ्ज सदैव लागि रहने बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका सञ्चालक आत्माराम थापा, सहायक प्रिन्सिपल, पत्रकार महासंघ काभ्रेका अध्यक्ष,प्याब्सन, एन. प्याब्सन, प्याब्सन नगर कमिटि अध्यक्ष, अभिभावक, शिक्षक÷ शिक्षिका, विद्यार्थी, अभिभावक, सञ्चारकर्मिहरुको बाक्लो उपस्थिति रहेको थियो । शैक्षिक सत्र २०८२ देखि विद्यार्थीहरुलाई किताबी ज्ञानको साथ– साथै जीवनउपयोगी शिक्षाको लागि मौसम अनुसारको तरकारी बाली तथा कृषि सम्बन्धी शिक्षा (कौसी खेती), दैनिक दिनचर्यामा आवश्यकीय शिक्षा अन्तर्गत कुकिङ्ग, सिलाइबुनाई, विभिन्न किसिमको अचार, मस्यौरा तथा विभिन्न सिजनमा उत्पादन बढी हुने फललाई स्टोरेज तथा ड्राइ गरी अफ –सिजनमा प्रयोग -गर्न मिल्ने शिक्षा प्रदान गरी विद्यार्थी जीवनबाट नै उद्यमी, व्यवसायी तथा आ–आफ्ना समयको सही सदुपयोग देखि, विभिन्न किसिमको वचत तथा मितव्ययिता के हो ? भन्ने शिक्षा समेत प्रदान गरिएको जानकारी दिनुभयो । एकै छाना मुनि प्ले गुप्रदेखि स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने सन्देश ज्ञानकुञ्जले प्रदान गरिरहेको उल्लेख गर्दै बैध्यले आफ्नो विद्यालयले सयौ विद्यार्थीहरुलाई ३० लाखको छात्रवृत्ति समेत प्रदान गरेको बताउनुभयो । सोही अवसरमा प्रतिष्ठानका सहायक प्रिन्सिपल मिरा मानन्धरले एक वर्षमा विद्यालयले हासिल गरेको उपलब्धीलाई सार्वजनिक गरिएको कार्यक्रममा एक वर्षमा प्ले गुप्र देखि स्नातकोत्तर तहसम्म -अध्ययन, खेलकुद तथा संगीतमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा किन्डरगार्टेन तहमा अध्ययनरत विद्यार्थी भाईबहिनीहरुले दर्जनौ भन्दा बढी विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेको प्रशासन प्रमुख अर्जुन खड्काले जानकारी दिनुभयो ।
