जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. धुलिखेल–८ बडालगाउँले आफ्ना शेयर सदस्यहरुको लागि तिर्थयात्रा सहितको भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । यहि चैत्र १७ गतेदेखि सु-रु भएको भ्रमण २५ गते सम्पन्न भएको संस्थाका अध्यक्ष उद्धब प्रसाद बडालले जानकारी दिनुभयो । कागबेनी हुँदै माथिल्लो मुस्ताङ कोरला नाका सम्म पुगेको टोलिले मुक्तिनाथ मन्दिर, बागलुङको कालिका भगवती मन्दिर, पन्चकोट मन्दिर, पोखराको बिन्धबासिनि मन्दिर, पातले झारना, गुप्तेश्वर गुफा र पुन्दीकोट शिव मन्दिरमा गई पुजा–अर्चना गरेको संस्थाका ब्यबस्थापक नवराज बडालले बताउनुभयो । संस्थाले हरेक वर्ष शेयर सदस्यहरुलाई भ्रमण गराउदै आएको बताईएको छ । संस्थामा ४ सय १४ जना शेयर सदस्यहरु रहेका छन् ।
