बेलर किड्स क्यास्टल बनेपाको दीक्षान्त समारोह तथा अभिभावक दिवस शनिबार सम्पन्न -भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । उक्त अवसरमा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्कालाई नागरिक अभिनन्दन गरिएको थियो । प्रमुख अतिथी एसपी खड्काले कार्यक्रम लाई सम्बोधन गर्दै संस्कारयुक्त सिकाई, ब्यवहारिक ज्ञान र आत्मविश्वास बढाउन बेलर किड्स क्यास्टलले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । विद्यालयकि प्रिन्सिपल सविना के प्रजापतिले स्वागत मन्तव्य राख्दै विद्यालयलाई पुर्ण बालमैत्री बनाउँदै उनिहरुको सिकाई अभिबृद्धी गरिरहेको उल्लेख -गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष महेश पौडेल,मोतीराम तिमल्सिना, बेलर इन्टरनेशनल स्कुल प्रिन्सिपल इन्दु थापा, एकेडेमिक प्रमुख अनुपजंग थापा तथा अन्य विभागिय प्रमुखहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरु, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
