आर्दश विद्या मन्दिर (एबिएम) स्कुल बनेपाले पुर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुको दीक्षान्त कार्यक्रम शनिबार सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे प्रमुख एसपी -बसुन्धरा खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ६६ जना विद्यार्थीहरु दीक्षित भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी खड्काले विद्यार्थीहरुलाई यौनजन्य दुब्र्यबहार, दुब्र्यसनी, कानुनि प्राबधान लगायतका बारेमा जानकारी दिइरहनुपर्ने बताउनुभयो । प्रहरीले जिल्लाको १३ वटै पालिकामा प्रत्येक विद्यालयमा कानुन, दुब्र्यबहार, यौनदुब्र्यबहार, छुवाछुत विरद्ध लगायतको पाठ्यक्रम तयारी पारीएको र छिट्टै पालिकालाई हस्तान्तरण गर्ने तयारी रहेको जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले काभ्रे जिल्लामै आई एस ओ प्राप्त गर्ने पहिलो विद्यालय एबिएम रहेको भन्दै विद्यार्थीको सर्वाङ्गीण -बिकासमा ध्यान दिएर अध्ययन गराईरहेको बताउनुभयो । विद्यालयकी सहायक प्रिन्सिपल ललिता बञ्जाराको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शिक्षाविद डा चन्द्र प्रसाद लुईटेल, नेपाल पत्रकार महासघंका पुर्व अध्यक्ष भोजराज तिमल्सिना, अन्य विद्यालयका प्रधानाध्यापकहरु, विद्यार्थी, अभिभावक, पत्रकार लगायतको उपस्थिति रहेको थियोे ।
