IMG-LOGO

रामनवमीको अवसरमा इस्कोन पनौतीद्वारा विशेष कार्यक्रम

 बुध, चैत २६, २०८१  --

 

    श्री रामनवमीको अवसरमा महामहोत्सव आईतवार पनौतिमा सम्पन्न भएको छ । रास्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. तारा बहादुर कुँवरको प्रमुख आतिथ्यता एवं इस्कोन काभ्रेका अध्यक्ष भावखण्ड देबि माताजीको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । इस्कोन पनौतिले आयोजना गरेको कार्यक्रममा श्रद्धेय पत्री प्रभुजीले बिशेष प्रवचन दिनुभएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रबचक रुपेश्वर गौर प्रभुजी, इस्कोन नेपालका उपाध्यक्ष महाप्रभु कृपा प्रभुजी, प्रबचक सुचारु गोपि माताजी, प्रभु सत्याल जि लगायत समाजसेवी एवं धार्मिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सुमन अधिकारीले सन्चालन गर्नुभएको उक्त महामहोत्सवमा भजन किर्तन, पन्चामृत अभिषेक लगायत सांस्कृतिक कार्यक्रम समेत भएको इस्कोन पनौतीकी सन्जिता तिमल्सिनाले जानकारी दिनुभयो । इस्कोन पनौतिमा दैनिक हरेनाम सङ्किर्तन, प्रत्येक शनिबारिय सत्सङ्ग, प्रत्येक एकादशिमा पन्चामृत अभिषेक हुने गरेको बताईएको छ । बनेपा, पनौती र भकुण्डेमा गरि ३ वटा इस्कोन मन्दिरहरु काभ्रे जिल्लामा रहेका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्