वरिष्ठ पत्रकार भैरव रिसालको आईतवार साझ निधन भएको छ । फोक्सो र मुटुको समस्याबाट ग्रसित वरिष्ठ पत्रकार रिसाल अस्वस्थ भएपछि फ्रन्टलाईन अस्पताल बानेश्वरमा भर्ना गरिएको थियो । ९७ वर्षीय उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । पत्रकार रिसालले आफ्नो शरीर पाटन अस्पताललाई दान दिने घोषणा गर्नुभएकाले उहाँको दाहसंस्कार गरिने छैन । वि.सं. १९८५ साउन २८ गते जन्मनुभएका पत्रकार रिसाल २०१३ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो ।
