IMG-LOGO

बनेपा उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु

 बुध, चैत २६, २०८१  --

    बनेपा उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिवल प्रतियोगिता २०८१ सोमबार देखि सुरु भएको छ । दोस्रो संस्करण अन्तर्गतको खेलको बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले लायकुमञ्च बनेपामा उद्घाटन गर्नुभयो । लिग चरणका आधारमा खेलिएको पहिलो खेल ललितपुर महानगरपालिका र महाभारत गाउँपालिका बीच भएको थियो । जसमा ललितपुर महानगरपालिका बिजयी भएको छ । बनेपा भलिबल प्रशिक्षण केन्द्रको ब्यवस्थापन र काभ्रे जिल्ला भलिबल संघको सहकार्यमा आयोजना गरिएको उक्त प्रतियोगितामा ९ वटा टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप विजेता टिमले नगद ५० हजार तेश्रो हुने टिमले २५ हजार र चौथो हुने टिमले नगद १० हजार प्राप्त गर्नेछन् । उद्घाटन कार्यक्रममा बनेपा नगर उपप्रमुख बिमला सापकोटा दाहाल लगायत जनप्रतिनिधि, कर्मचारी एवं खेलप्रेमी हरुको उपस्थिति रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्