IMG-LOGO

युवा संघ धुलिखेल नगर कमिटीको अध्यक्षमा जितेन्द्र

 बुध, चैत २६, २०८१  --

    राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगर कमिटीको सातौ नगर अधिबेशन सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिबेशनको बन्द सत्रले जितेन्द्र श्रेष्ठको अध्यक्षतामा ४६ सदस्यहरु सर्बसम्बत निर्वाचित भएका छन् । अधिबेशनमा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका १० जना युवाहरुलाई नेताहरुले पार्टी सदस्यता प्रदान गरी एमालेमा प्रवेश गराएका थिए भने नगर युवा संघले नगर क्षेत्रका १० जना उत्कृष्ट युवाहरुलाई पनि सम्मान गरेको छ ।अधिवेशको सन्दर्भमा धुलिखेल बजारमा मोटर साइकल र्यालि समेत गरिएको थियोे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बास्कोटाले युवाहरुलाई उत्पादन, नवप्रर्वतन तथा सिर्जना मार्फत स्वदेशमै आत्मनिर्भर अपिल गर्नुभयो । एमाले बागमती प्रदेश कमिटी सदस्य अशोक ब्याञ्जु, विमला शर्मा, रिता ढकाल, जिल्ला कमिटी सचिव राजकुमार सापकोटा तथा जिल्ला कमिटी सदस्यहरु, नगर कमिटी अध्यक्ष विष्णु धिताल लगायतका पदाधिकारीहरु, युवा संघका नेताहरू उपस्थित रहेको  कार्यक्रम आनन्दसागर यगोलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्