IMG-LOGO

विनायक बाल विद्यालयको २६ औ वार्षिकोत्सव तथा पुरस्कार वितरण

 मंगल, चैत १८, २०८१  --

 

          विनायक बाल आधारभुत विद्यालय धुलिखेल–८ बडाल गाउँको २६ औ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम  शनिबार सम्पन्न भयो । धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न  समारोहमा प्रधानाध्यापक नवराज तिमल्सिनाले शैक्षिक स्तरीयताको बारेमा प्रष्ट पार्नुभयो । कार्यक्रमलाई सम्बोधन  गर्दै नगर प्रमुख ब्यान्जुले नगरको शैक्षिक गुणस्तरीयता वृद्धिमा लगानी गरेको बताउनु भयो । नगर प्रमुख ब्यान्जुले ज्ञान, सीप  र क्षमताको सहि उपयोग  गरि विद्यार्थीहरुको शिक्षण सिकाईलाई थप प्रभावकारी  बनाउन शिक्षक वर्ग एकता बद्ध भैइ अनुसासित ढंगले प्रतिबद्ध हुनु पर्ने उल्लेख गर्नुपर्ने भयो । नगर प्रमुख व्याञ्जुले विद्यालयमा विद्यार्थी संख्या निक्कै कम हुँदै गएको हुँदा यसै वडाको सरस्वती मावि र विनायक स्कूल गाभिन सक्ने उल्लेख गर्नुभयो । विद्यार्थीको रोजाई सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानको महिमा शिक्षक र जनप्रतिनिधीले अभिभावकलाई सचेतना गराउन सक्नुपर्ने धारणा नगर प्रमुख व्याञ्जुले राख्नुभयो । वडा अध्यक्ष बिनोद गौतमले वडाले बिगतको तुलनामा समग्र दिगो बिकासका योजनाहरु क्रमसग सम्पन्न हुदै गएको बताउनु भयो।रेडियो  एबिसीका अध्यक्ष  रमेश प्रसाद न्यौपानेले विद्यालयका  कक्षा –८ को छात्र सन्देश  ढलकोटी ३.६ जिपीए र कक्षा–३ बिनिता तामाङले ४ जिपिए ल्याउनेलाई ब्यक्ति गतरुपमा नगद सहित पुरस्कृत गर्नु भयो, त्यसै गरि सन्तोष गौतमले उत्कृष्ट भएका छात्र र छात्रालाई पुरस्कृत गर्नु भयो।।कार्यक्रममा शिक्षा शाखा अधिकृत भोज कुमार ठकुरी सरस्वती माविका प्रधानाध्यापक रमेश प्रसाद बडाल, स्थानीय शैक्षिक सरोकार वाला बिष्णु मिजार, विद्यालय ब्यवस्थापन  समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक वर्गको र विद्यार्थीहरुको सहभागीता रहेको थियोे विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम सहित आ–आप्mनो प्रतिभा प्रस्तुति गरेका थिए । उक्त विद्यालयमा १ सय १३ जना विद्यार्थीहरु अध्यनरत छन् । संचालक अध्यक्ष चोला बहादुर गौतमको सभापतित्वमा सप्पन्न भएको कार्यक्रमको संचालन श्याम ढलकुटीले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्