IMG-LOGO

नेकपा एमाले काभ्रेको जागरण अभियान

 मंगल, चैत १८, २०८१  --

 

          नेकपा एमाले काभ्रेले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरण सभा सदरमुकाम धुलिखेलमा आयोजना गरेको छ । सभालाई नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाले सम्बोधन गरेका छन् । जागरण सभामा बोल्दै पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले राजतन्त्र र राजसंस्थाले नागरिकहरुका हक, अधिकार कुण्ठित गरेको बताउँदै भिजिलान्ते, मण्डले र कुण्डले उतारेर टकराव गर्न खोजेको बताउँदै चिहानमा पुगेकाहरुले दायाँबायाँ नगर्न चेतावनी दिए ।

          ज्ञानेन्द्र शाहलाई राजद्रोहको अभियोग लगाउँदै उनको सम्पति जफत गर्न सरकारलाई अनुरोध गर्दै नेता बास्कोटाले प्रतिगमन नभई जनताले अग्रगमन चाहने बताए । गणतन्त्रको विकल्प गणतन्त्र नै भएको बताउँदै नेता बास्कोटाले नागरिकहरुको अधिकारलाई खोस्ने तानाशाही संस्थाको पक्षमा जनता नरहेको बताए । तिनकुनेमा दुई नागरिकको ज्यान जाने गरी गरिएको आततायी घटनाका मुख्य योजनाकार ज्ञानेन्द्र शाह भएकाले उनैलाई छानविनमा ल्याउन नेता बास्कोटाले अनुरोध गरे ।

          सभामा एमाले केन्द्रिय सदस्य रेशम लामा, संविधान सभा सदस्य रामहरी सुवेदी, प्रदेश कमिटी सदस्यद्धय अशोक ब्याञ्जु, रिता ढकाल, कुमार तिमल्सिना, जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, सचिव राजकुमार सापकोटा, उप सचिव रत्नकुश रञ्जितकार लगायतले २०६२÷२०६३ सालको जनआन्दोलनले स्थापित गरेको गणतन्त्रका विरुद्ध धावा नबोल्न चेतावनी दिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्