IMG-LOGO

प्रेमीकाको हत्या आरोपी बुढाथोकी पक्राउ

 मंगल, चैत १८, २०८१  --

 

          प्रेमिकाको हत्या गरेको आरोपी फरार भएका युवक भरत बुढाथोकीलाई इलाका प्रहरी कार्यालय बनेपाको टोलीले वीरगञ्ज नाकाबाट पक्राउ गरेको छ । उनी गत फागुन १४ गते विहान आफ्नी प्रमीकालाई मारेर भरतले आफ्नो मोवाइल समेत त्यहि होटलमा छाडेर फरार भएका थिए ।

          युवकले २३ वर्षिया युवती शर्मिला श्रेष्ठलाई बनेपामा रहेको होटलमा बोलाएर घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुशन्धानमा उल्येख गरिएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख ज्ञानबहादुर खड्काका अनुसार युवक र युवती प्रेम सम्बन्धमा रहेको तथा पछिल्लो समय युवतीले युवकसँग भेट्न नमानेपछि हत्या गरेको स्वीकारेको जानकारी दिनुभयो । हत्या गरेर फरार रहेका युवकलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बनेपाको टोली वीरगञ्ज पुगेको थियो ।

          रामेछापको खाँडादेवी गाउँपालिका–२ हिलेचौर घर भई काठमाडौको बालाजुमा डेरा गरी बस्ने २७ वर्षीय भरत बुढाथोकीले रामेछाप जिल्ला खाडादेवी नगरपालिका वडा नम्वर ७ स्थायी घर भई बनेपा–६ बुडोल बस्दै आएकी शर्मिला श्रेष्ठलाई सुरुमा फकाएको नमानेपछि जवरजस्ती तान्दै होटलमा लगेर हत्या गरेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । २०८१ फागुण  १४ गते विहान घरबाट बेपत्ता भएको परिवारका सदस्यले इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएका थिए । उनको शव भोलिपल्ट २०८१ फागुन १५ गते साँझ मृत अवस्थामा होलको कोठामा युवती फेला परेकी थिइन् ।

          शर्मिला र भरतको बोलचाल तथा अन्य सम्वन्धका आधारमा उनीमाथि शंका गरी खोजतलास सुरु गरिएको थियो । होटलमा प्रवेश गर्दाको सीसीटिभी फुटेज तथा अन्य रेकर्डका आधारमा भरतले नै शर्मिलालाई बन्धक बनाई हत्या गरेको खुलेपछि प्रहरी उनको खोजीमा लागेको थियो । बिहीबार पक्राउ परेका उनीमाथि शुक्रबार ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्