पनौती नगरपालिका ७ बसपार्कस्थित सडकमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बा प्र ०१–००३ क ९४८५ नम्बरको बसको ठक्करबाट पैदलयात्री ७० वर्षीया मैया बजगाईंको मृत्यु भएको हो । ललितपुर जिल्ला महाङकाल गाउँपालिका २ घर भई पनौती ४ मा बसोबास गर्दै आएकी महिलाको उपचारको क्रममा बनेपाको शिर मेमोरीयल अस्पतालमा निधन भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।
