नाईटिङ्गेल एकेडेमी बनेपाले कक्षा एसकेजी उर्तिण विद्यार्थीहरुको १० औं दिक्षान्त समारोह एवं एस.ई.इ २०८० उर्तिण विद्यार्थीहरुलाई बिदाई कार्यक्रम शनिबार विद्यालयको प्राङ्गणमा सम्पन्न गरेको छ । प्रमुख अतिथि इन्टरनेशनल लिडरसिप ट्रेनर एवं मानव अधिकारकर्मी राजु सरकारले कार्यक्रमको उद्घाटन गर्दै विद्यार्थीहरुको सर्वाङ्गिण बिकासका लागि नाईटिङ्गेल एकेडेमीले उत्कृष्ट भुमिका खेलेको उल्लेख गर्नुभयो । सोहि अवसरमा विद्यालयबाट २०८० को एसईईमा उर्तिण विद्यार्थीहरुलाई मायाको चिनो, बधाई तथा शुभकामना ब्यक्त गरिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रञ्जितकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयकि प्रिन्सिपल उमा बस्नेतले स्वागत मन्तव्य सहित विद्यालयको गतिविधि र भावी कार्ययोजना प्रस्तुत गर्नुभयो । विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गरेको कार्यक्रममा अभिभावकहरुले समेत नृत्य प्रस्तुत गरेका थिए ।
