IMG-LOGO

लोकतान्त्रिक गणतन्त्रबाट विकास र समृद्धि एमाले सचिव ः भट्टराई

 मंगल, चैत १८, २०८१  --

 

          नेकपा एमाले पार्टीका सचिव योगेश भट्टराईले प्रजातन्त्र प्राप्ति पछि भएको विकास र समृद्धीबाट जनताकै छोराले शासन गर्न पाउने उन्नत लोकतन्त्र सहितको गणतन्त्रबाट मात्रै मुलुक निर्माण हुने दाबी गर्नुभएको छ । एमाले निकट किसानहरुको छाता संगठन अखिल नेपाल किसान महासंघ काभ्रे जिल्ला कमिटीको ७ औ जिल्ला अधिबेशनलाई शनिबार बनेपामा सम्बोधन गर्दै भट्टराईले शिक्षा, स्वास्थ्य, सडक तथा अन्य पूर्वाधार निर्माणमा भएको प्रगति राजतन्त्रको समयमा भन्दा धेरै भएको तथ्य प्रस्तुत गर्नुभयो । एमालेका पोलिटब्युरो सदस्य एवं पुर्वमन्त्री गोकुल बास्कोटाले नागरिकहरुको पक्षमा नेकपा एमाले नेतृत्वको सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले कृषक तथा नागरिकहरुका पक्षमा एमालेले चलाएको अभियानका क्रममा मण्डन पाँचखाल सिंचाई योजनाको कार्यक्रम शुभारम्भ हुन लागेको जानकारी दिनुभयो । कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष रामशरण आले मगर, महासचिव सरिता भुषाल, एमाले जिल्ला अध्यक्ष राजन भुर्तेल, एमालेका जिल्ला कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटीका नेताहरु, अखिल नेपाल किसान महासंघका केन्द्रिय कमिटी र प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, गाउँ तथा नगर कमिटीका पदाधिकारी र प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अखिल नेपाल किसान महासंघ काभ्रे जिल्ला कमिटीको ७ औ जिल्ला अधिबेशनको बन्द सत्रले धिरज काफ्लेको अध्यक्षतामा नयाँ कमिटी समेत चयन गरेको छ । जसको उपाध्यक्षमा अष्ट बहादुर तामाङ, महिला उपाध्यक्षमा रुपा थापा, सचिवमा मनराज महत, उपसचिवमा शिव तिमल्सिना, महिला उपसचिवमा शुशिला खड्का कोषाध्यक्षमा सन्तोष राउत रहनुभएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्