IMG-LOGO

रोटरी क्लबको आर्थिक सहयोगमा अस्पतालहरुलाई हेमोडायलाईसिस मेशिन हस्तान्तरण

 मंगल, चैत १८, २०८१  --

 

          जर्मन रोटरी भोलेन्टियर डाक्टर ईभी तथा रोटरी क्लव अफ धुलिखेलको आर्थिक सहयोगमा धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, बर्दघाट स्थित शहिद स्मृति अस्पताल र बाँकेको कोहलपुर स्थित कौशल्या मेमोरियल अस्पताललाई हेमोडायलाईसिस मेशिन हस्तान्तरण गरेको छ । धुलिखेलमा एक आयोजित कार्यक्रममा रोटरी क्लव अफ धुलिखेलकी अध्यक्ष ज्योत्सना सैंजुको सभापतित्वमा भएको थियो । सांसद तथा उद्योगपति विनोद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

          कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल अस्पताल, धुलिखेल नगरपालिका र रोटरी क्लव अफ धुलिखेलको त्रिपक्षीय साझेदारीमा ब्लड बैक तथा रिसर्च सेन्टर स्थापना तथा धुलिखेल नगरपालिका र रोटरी क्लव अफ धुलिखेलको साझेदारीमा विद्युत्तिय शवदाह गृह निर्माण कार्यले सेवा ग्राहीहरुले प्रभावकारी सेवा प्राप्त गर्नसक्ने आधार तय भएको बताउनु भयो । सोहि कार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

          कार्यक्रममा वर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ, धुलिखेल अस्पतालका प्रमुख प्रशासकीय प्रमुख डा.विराज कर्माचार्य, बनेपा स्थित शिर मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर गायस, जर्मन रोटरीका डा.क्लाउस, धुलिखेल रोटरीका पुर्व अध्यक्षहरु शुशिल ब्याञ्जु, रञ्जिव श्रेष्ठ, अशोक श्रेष्ठ, अनिश जोशी लगायतको आतिथ्यता रहेको थियो । नेपालमा मृगौला रोगीहरुको संख्या बढिरहेको र मेशिन उपलब्ध नहुँदा सहज सेवा प्राप्त गर्न नसकेको बताउँदै उपलब्ध मेशिनहरु मार्फत सेवामा सहजता हुने बताइएको छ ।

          रोटरीले यस अघि पनि धुलिखेल नगरपालिका तथा नेपाल नगरपालिका संघ मार्फत अपाङ्गता भएका ब्यक्तिहरुका लागि ह्विलचियर उपलब्ध गराएको प्रोजेक्ट सर्भिस कमिटीका अध्यक्ष रोटरीयन अशोककुमार श्रेष्ठले बताए । हेमाडाईलासिस मेशिन हस्तान्तरण कार्यक्रममा पनि रोटरी क्लव अफ धुलिखेलका प्रोजेक्ट सर्भिस कमिटीका अध्यक्ष रोटरियन अशोक श्रेष्ठको सक्रियता रहेको छ । रोटरीले धुलिखेल अस्पतालमा १० थान, बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा १० थान, कौशल्या मेमोरियल अस्पताल कोहलपुर बाँकेमा १० थान र बर्दघाटमा रहेको शहिद स्मृती अस्पतालमा ६ थान मेशिन हस्तान्तरण गरिएको अध्यक्ष ज्योत्सना सैंजुले बताउनु भयो । ३६ वटा मेशिनलाई करिब ५ करोड रुपैया भन्दा धेरै मुल्य पर्ने ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्