IMG-LOGO

संचारकर्मी सुरेशको हत्याको विरुद्धमा पत्रकारहरुको विरोध सभा

 मंगल, चैत १८, २०८१  --

          पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनी लगायतका ज्यादतीविरुद्ध नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक शाखाले शनिबार बनेपामा बिरोध सभा सम्पन्न गरेको छ । चैत १५ गते काठमाडौंमा राजावादी शक्तिले गरेको आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा पत्रकार सुरेश रजकको हत्या तथा संचारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध  महासङ्घले बनेपामा सभा गरेको हो । विरोध र्याली बनेपाको चारदोवाटो हुँदै चाँदनीचोक पुगेर सभामा परिणत भएको थियो । सभामा महासंघ काभ्रे शाखा अध्यक्ष विनोद कुमार न्यौपाने, पुर्व अध्यक्षहरु भोजराज तिमल्सिना, भोला थापा, महेशराज पौडेल, मोतीराम तिमल्सिना, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर नेपाल काभ्रेका पुर्व अध्यक्ष रोजन तामाङ, फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा, सामुदायिक रेडियो प्रशारक मन्चका जिल्ला संयोजक रमेश प्रसाद न्यौपाने, सन्चारिका समुह काभ्रेका अध्यक्ष सुनिता सापकोटा, राष्ट्रिय फोटो पत्रकार महासंघ काभ्रेका अध्यक्ष केशवराज पौडेल, नेपाल तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष लोकबहादुर तामाङ लगायतले प्रेस माथि भएका आक्रमण र हत्याको भत्सर्ना गर्दै स्वतन्त्रतापुर्वक सञ्चार कर्म गर्ने अवस्था सृजना गर्न अनुरोध गरेका थिए । सचिव नगेन्द्र अधिकारीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्