संजीवनी कलेज धुलिखेलले पद मार्ग यात्रा सम्पन्न गरेको छ । आन्तरिक पर्यटन प्रबद्र्धन गर्न पनौती, आशापुरी हुँदै डोलेश्व्र महादेव भक्तपुर सम्म एक दिने पद मार्ग यात्रा शनिबार सम्पन्न गरेको छ । कलेज प्रमुख पुजन श्रेष्ठले आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष गर्दै आएको बताउनु भयो । विद्यार्थी वर्ग, शिक्षक वर्ग, प्रशानिक क्षेत्रका कर्मचारी लगायतको सहभागीतामा करिब ४० कि..मी. पद मार्ग यात्रा गरिएको प्रशासन प्रमुख कृष्ण राम देबजुले बताउनु भयो ।
