IMG-LOGO

जगमान कमान्डर तोकिए

 बुध, चैत १९, २०८१  --

          राजसंस्था पुनस्र्थापनाको लागि संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईं सम्पर्कविहीन भएपछि संस्कृतिविद् डा. जगमान गुरुङलाई आन्दोलनको नेतृत्व गर्ने कार्यवहाक जिम्मेवारी दिइएको छ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आइबार एक विज्ञप्ति जारी गर्दै राजसंस्था पुनस्र्थापनाको लागि संयुक्त जनआन्दोलन समितिको कार्यवाहक नेतृत्व गुरुङलाई दिएको जानकारी दिएका हुन् ।

          संयोजक सुवेदीले आफू नजरबन्दामा रहेको भन्दै गुरुङले आन्दोलनको नेतृत्व गर्ने जनाएका हुन । उनले आन्दोलन जारी राख्न आह्वान समेत गरेका छन् । शुक्रबार राजावादीको आन्दोलनमा हिंसात्मक भएपछि दुर्गा प्रसाईं भूमिगत भएका छन् । सो आन्दोलनमा दुई जनाको ज्यानसमेत गएको थियो । प्रसाईंलाई प्रहरीले खोजी गरिरहेको छ । सो आन्दोलनमा सहभागी भएका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणालगायत पक्राउ परिसकेका छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्