काभ्रे, जिल्लाको पहिलो नगरपालिका बनेपा नगरपालिका को ४४ औं स्थापना दिवस पालिकालाई योगदान गर्नेहरुलाई सम्मान गरी भव्यरुपमा विहिबार सम्पन्न गरेको छ । नगर प्रमुख शान्तिरत्न शाक्यको सभापतित्वमा तथा उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । विभिन्न सांस्कृति झाँकी सहित नगर परिक्रमा गरी ४४ औं नगरस्थापना मनाएको छ । बनेपा नगरले नगरवासीलाई प्रभावकारी सेवा प्रवाह प्रदान गरेको कुरा प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेले बताउनु भयो । प्रमुख अतिथिको क्रमममा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र कांग्रेसको गठबन्धनको सरकार बन्नुको मुख्यकारण स्थिीरता बिकास र समृद्धिको लागि गठन भएकोले सोहि अनुसार अघिबढेको धारणा राख्नुभयो । सहरी विकास मन्त्री सिंहले थप प्रस्ट पारर्दै भन्नुभयो ।
नागरिकको जीवीकोपार्जन र सहजता बनाउन सरकार लागि परेको छ उप–प्रधानमन्त्री ः सिंह
उप–प्रधानमन्त्री एवं शहरी विकास मन्त्री सिंहले संविधानसभाबाट बनेको अहिलेको संविधानको विकल्प नभएको उल्लेख गर्नुभयो । जस्तोसुकै चुनौती आएपनि संविधानको बाटोबाट समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । नागरिकको जीवन र जिविकोपार्जन सहज होस् भन्ने जनचाहना पूरा गर्नेतर्फ सरकार लागेको र अहिले केही पनि भएन भन्ने गलत भाष्य बनाइएको भन्दै यथार्थ त्यस्तो नभएको .. जिकिर गर्नुभयो ।
बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले मुख्य रुपमा बनेपा नगरको समग्र विकासमा नगरवासीले महसुश गर्नसक्ने र देखिने गरी भए गरेका कामहरू जनसमक्ष प्रस्तुत गर्ने हाम्रो अभिलाषा पुरा होस् भन्ने हाम्रो कामना रहेको छ । शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, खानेपानी तथा सरसफाई, पूर्वाधार निर्माण, महिला बालबालिका तथा जेष्ठ नागरिक संरक्षण खेलकूद, अपाङ्गता भएका नगरबासीको हित, पर्यटन प्रवद्र्धन, पार्क तथा मनोरञ्जन धार्मिक तथा साँस्कृतिक सम्पदाहरूको संरक्षण, जलश्रोत एवम् वन वातावरणको संरक्षण जस्ता क्षेत्रमा हामीले नगरको स्रोत र साधनले भ्याए सम्म सम्बोधन गर्ने प्रयास गरेका छौं । नगरको आन्तरिक आय अभिवृद्धिका लागि स्थानीय तहले लिन÷उठाउन पाउने करका दायरालाई फराकिलो गर्दै कर संकलन कार्यलाई स्थलगत रूपमा कार्यान्वयन गरिरहेका छौं । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको वेथिति निराकरणका लागि आवश्यक कानूनी प्रबन्ध मिलाउनुका साथै नियामक निकायहरू मार्फत् समस्या समाधानका लागि सरोकारवाला पक्षहरूसँगको समन्वय र सहकार्यमा आवश्यक कार्यक्रमहरू संचालन गरिदै लगिएको छ । स्वस्थ, शिक्षित सिपयुक्त नगरबासी रहेको मनमोहक बनेपा नगर निर्माण हाम्रो लक्ष्यका रूपमा रहेको छ । हाम्रा लक्ष्य र उद्देश्यहरू परिपूर्तिमा साथ र सहयोग प्रदान गर्नुहुने आम नगरबासी दाजुभाई दिदीबहिनी, समाजसेवी, राजनैतिक दल, सञ्चारकर्मी एवं सामाजिक संघ सस्था तथा सरकारी निकायहरू प्रति हामी आभार प्रकट गर्दछौं’ थप प्रष्ट पार्दै भन्नगयो ।
उक्त समारोहमा बागमती प्रदेश सांसदहरु कञ्चनचन्द्र बादे, रुकु चौलागाई, तीर्थ लामा, काठमाण्डौं विश्व विद्यालयका उपकुलपति प्रा.डा. अच्यूत वाग्ले, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, पूर्व नगरप्रमुख लाक्ष्मीनरसिंह बादे, उपप्रमुख रेखा सापकोटा दाहाल, नेपाल पत्रकार महासंघ काभ्रे अध्यक्ष विनोद न्यौपानेको आतिथ्यता रहेको थियो । नगर उपप्रमुख विमला सापकोटा दाहालले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा काठमाण्डौं विश्व विद्यालयका उपकुलपति अच्यूत वाग्लेलाई सम्मान गरिएको थियो ।
योगदान गर्नेलाई सम्मान
बनेपा नगरपालिका क्षेत्रभित्र करदाता मध्येबाट प्रकाशचन्द्र जोशी, हेस्टर बायो सप्इन्सेज प्रा.लि., त्यस्तै गरी एसइईमा उत्कृस्ट ल्याउने छात्रछात्राहरु मध्येबाट चण्डेश्वरी श्रृस्टिकान्त मावि बनेपा ४ की छात्रा प्रमिता विक, सपनेश्वर मावि बनेपाका छात्र स्मरण लामिछाने, नैमिसाख्डय संस्कृत गुरुकुलय बनेपा ६ का छात्र साजन कोइराला, लिङ्कन इन्टरनेश्नल स्कुल बनेपा ४ छात्रा स्मृती श्रेष्ठ, सिद्धार्थ इङ्गलिस सेकण्डरी स्कुलका छात्र अभिसेक बञ्जारा, नेपाल पुलिस स्कुल साँगाका छात्र सम्भव अधिकारी, त्यस्तै गरी कक्षा १२ तर्पm उत्कृष्ट अंक ल्याई उर्तीण हुनेहरुलाई पनि सम्मान गरेको छ ।
चण्डेश्वरी सृष्टीकान्त मावि बनेपा ४ नालाका रोमी कार्की, चण्डेश्वरी श्रृस्टीकान्त मावि बनेपा ४ का छात्र जीवन स्याङतान, नेपाल पुलिस स्कुल साँगाका छात्रा स्वस्तिका कार्की, बनेपा निष्ट मावि बनेपा ९ का छात्रा कुशुम यादव बनेपा निस्ट माविका छात्र सिद्धान्त तिमल्सिना सम्मानित हुनुभएको छ । २०८० साल चैत्र देखि हाल सम्म अवकास हुने शिक्षकहरुलाई सम्मान गरेको छ । हरीप्रसाद श्रेष्ठ, लक्ष्मी नारायण श्रेष्ठ, उद्धवराज गौतम, मधुसुधन बैद्य, कमला हुमागाई, बच्चुराम दाहाल, इन्द्रावती श्रेष्ठ, शान्तिलाल श्रेष्ठ, मोहन कृष्ण श्रेष्ठ, दया प्रजापति, राजु बस्नेत, गणेशप्रसाद दाहाल, रामप्रसाद दाहाल, केदारप्रसाद सिताराम दाहाल सम्मानित हुनुभएको छ । १५ वर्ष सेवा पुगेका शिक्षकहरुलाई सेवापदकबाट सम्मान गरेको हो । गयत्री वैदार, रामकृष्ण कार्की, मोहनप्रसाद गुरागाई रहनु भएको छ ।
त्यस्तै गरी १५ वर्ष सेवा अवधि पुरा गर्नुभएका कर्मचारी तर्पm शिवराज त्रिपाठी, रीता ढुङ्गाना बञ्जारा, भक्तिकुमारी तिमल्सिना र निलम बज्राचार्य सम्मानित हुनुभएको छ । त्यस्तैगरी २५ वर्ष सेवा गर्नुभएका कर्मचारी तर्पm लक्ष्मी देउजा, विकास खाछिभोया सम्मानित हुनुभएको छ । सामुदायिक विद्यालय मध्ये आइएस ओ मान्यता प्राप्त गर्न सफल चण्डेश्वरी सृस्टीकान्त मावि बनेपा ४ सम्मानित भएको छ ।
कृषकहरु सम्मानित
कृषकहरु मणिराम श्रेष्ठ, हरीशरण बजगाई, रमनकाजी सुवाल, निरमाया तामाङ, तारा श्रेष्ठ, प्रकाश तिमल्सिना, पशुपति घिमिरे, सानुमैया भुजेल, काप्mले कृषि तथा पशुपन्छी फर्म रेशम तामाङ सम्मानित हुनुभएको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदमा उत्कृत हुनेलाई सम्मान
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद क्षेत्रमा प्रथम, दुतीय र तृतीय हुने खेलाडीहरुलाई सम्मान गरेको छ । खेलाडीहरु गयाजी खड्का, सस्मान बस्नेत, सुरज कार्की, राजमन्दिर श्रेष्ठ, नेपाल भरीबाट उत्कृष्ट सम्वाद दाताको कार्य गरेवापत नेपाल टेलिभिजनका काभ्रे सम्वाददाता सञ्जीवनी पत्रिका सहसम्पादक देवराज केसी, अनुजकुमार, कराते अण्डरबाट, सन्देश मानन्धर, आयुष दुलाल, रजिना श्रेष्ठ, मनिल श्रेष्ठ, तुम्ला मधिकर्मी, प्रा.डा. मिमलाल नकर्मी, सुजीत गुरुङ, लक्ष्मी भालु श्रेष्ठ, रविन्सन श्रेष्ठ, ओसिश कारंजीत, भिमवहादुर खड्का, महेश्वर थापा, प्रज्वल प्रधान सम्मानित हुनुभयो । कार्यक्रम सञ्चालन प्रशासन प्रमुख यादव खनालले गर्नुभएको थियो ।
