सिम्रक निष्ट स्कुल बनेपाको छैटौँ बार्षिकोत्सव कार्यक्रम बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहालको प्रमुख आतिथ्यता एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डा.माधव बरालको सभापतित्वमा शनिबार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख सापकोटाले शैक्षिक गुणस्तर कायम राख्न र विद्यालयमा भएको लगानीको समेत संरक्षण गर्न नगरपालिकाले आवश्यक कार्यक्रमहरु सन्चालन गरिरहेको जानकारी दिनुभयो । विद्यालयको शैक्षिक गतिविधिका बारेमा प्रिन्सिपल अशोक पाण्डेले जानकारी गराउनु भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रस्तुतीका साथ मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्ट, प्याब्सन काभ्रेका पदाधिकारीहरु, शिक्षाबिद्, अभिभावक, विद्यार्थी एवं विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
