IMG-LOGO

बनेपामा राजावादीहरुको आन्दोलन

 मंगल, चैत ११, २०८१  --

     बनेपामा राजावादीहरुले प्रर्दशन गरेका छन् । बनेपाको गोदामचोकबाट प्रर्दशन शुरु गरेका राजावादीहरुले बनेपा नगर परिक्रमापछि चारदोवाटोमा कोणसभा गरेका थिए । जिल्लामा आन्दोलन परिचालन समिति गठन गरी संगठित भएका राजावादीहरुले राजधानीमा १५ गते हुने आन्दोलनको पुर्व तयारी स्वरुप बनेपामा कार्यक्रम आयोजना गरिएको आन्दोलनकारीले बताएका छन् । राजावादी भनेर चिनिएका बनेपाका ब्यवसायी समेत रहेका नेपाल सुधार भैलको संयोजकत्वमा गठित २१ सदस्यीय संयुक्त राष्ट्रबादी नागरिक आन्दोलन समितिले उक्त कार्यक्रम आयोजना गरेको हो । संयुक्त राष्ट्रवादी नागरिक आन्दोलन समितिमा आरजु केसी, प्रेम बैदार, गणेशलाल श्रेष्ठ, दिपक तिमल्सिना, कोकिल थापा, रामचन्द्र देउजा, जीवन लामा, सुरेश सापकोटा, जयराम थापा, कपिन्द्र देउजा, रामकला बराल, जीवनकुमार लामा, निर्मला विक, मिनोज थापा, बलदेव केसी, रोशन श्रेष्ठ, हेमशंकर गिरी, समिर शर्मा, विष्णु सापकोटा, सुनिल खड्का रहेका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्