नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाको ३० औँ वार्षिक साधारणसभा तथा ३१ औ स्थापना दिवस केन्द्रिय अध्यक्ष डा. सत्यनारायण सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका सहसचिव सत्यनारायण श्रेष्ठले आर्थिक बर्ष २०८०÷ ०८१ कोे प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रामप्यारी श्रेष्ठले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियोे । प्रतिष्ठानका निबर्तमान सभापति अशोककुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा मुटु रोग स्क्रिनिङ परीक्षण शिविरमा सहभागी चिकित्सकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष टीकाभक्त भोछिभोयाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वर्गीय बिमललाल सिकु श्रेष्ठ स्मृति कोष शिक्षा क्षेत्रबाट नारायणकृष्ण बादे, स्वास्थ्य क्षेत्रबाट डा.अरुण गुप्ता, रामेश्वर विष्णुमाया मक्कै श्रेष्ठ महिला स्वास्थ्यकर्मी सम्मान कोषबाट सरस्वती चौहानलाई सम्मान गरिएको थियो ।
