IMG-LOGO

सुनकोसीले विश्व कविता दिवस मनायो

 मंगल, चैत ११, २०८१  --

     काठमाडौं । सुनकोसी वाङ्मय प्रतिष्ठानले कविता वाचन कार्यक्रम गरेर विश्व कविता दिवस मनायो । कवि विमल भौकाजीको प्रमुख आतिथ्यतामा शुक्रबार राजधानीमा कविता वाचन गरेर विश्व कविता दिवस मनायो । उक्त कविता वाचन कार्यक्रममा कवि विमल भौकाजी, छविरमण सिलवाल,हरिष कल्पित, सुमन सौरभ, प्रदीप सापकोटा, तारा के.सी, प्रेम थापा, गंगा खतिवडा, शशीश्री आचार्य लगायतले आ–आफ्ना रचनाहरु सुनाए । वाचित रचनाहरु समसामयिक विकृति र विसंगति विरुद्ध व्यँगचेत सहित प्रेम, सदभाव, भावनात्मक विषयहरु प्रति लक्षित थिए । कार्यक्रमका प्रमुख अतिथि कवि विमल भौकाजीले लेखेर लेखिने चीज सबै कविता नभएको भन्दै मनका कुरा प्रष्फुटन गर्ने उपयुक्त माध्यम कविता भएको बताए । प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कार्यक्रमको अध्यक्षता गर्दैप्रतिष्ठान र यसका गतिविधिहरु बारे जानकारी दिंदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे । महासचिव प्रदीप सापकोटाले सञ्चालन गरेको उक्त कविता वाचन कार्यक्रममा इखवर नेटका प्रबन्ध निर्देशक बसन्तराज नकर्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको मिडिया सहयोगी इखवर नेट रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्