IMG-LOGO

निबन्ध संग्रह “अभिवन्द्य”को तेस्रो संस्करण सार्वजनिक

 मंगल, चैत ११, २०८१  --

     निबन्धकार श्रीओम श्रेष्ठ’रोदन’द्धारा लिखित व्यक्ति निबन्धसंग्रह “अभिवन्द्य”को तेस्रो प्रकाशन सार्वजनिक भएको छ । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा सोमबार राजधानीमा भएको एक कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, समालोचक प्रमोद प्रधान,निबन्धकार ’रोदन’ लगायतले उक्त निबन्धसंग्रहको सार्वजनिक गरेको छ । 

     सोमबार राजधानीमा आयोजित कार्यक्रममा उक्त कृतिमाथि समालोचनात्मक मन्तव्य राख्दै प्रा.डा.तथा वरिष्ठ समालोचक गौतमले भने– ’पुस्तक पढ्नु भन्दा मान्छेलाई पढ्न कठीन छ । यो दुस्साहस श्रीओम श्रेष्ठ रोदनले गरेका छन् । अभिवन्द्य मान्छे पढेर निस्केको निबन्ध कृति हो । भन्न सकिन्छ नयाँ शैलीको लगभग श्रेष्ठले आविस्कार गरेका छन्।’ क्रियाविना वाक्यको प्रयोगले पनि निबन्ध राम्रा छन् भन्दै उनले नेपाली निबन्ध साहित्यमा यो शैलीको विकास अभिवन्द्यले प्रयोग गरेको बताउनु भयो । रोदनले धेरै स्रष्टाहरुको अनुद्घाटित तथ्यलाई निबन्ध मार्फत बाहिर ल्याएको पनि प्रा.डा.गौतमले बताउनु भयो ।

     शुभकामना मन्तब्य दिंदै समालोचक प्रधानले सरल भाषाशैलीमा मीठो ढंगले आएका निबन्धहरुले सबै पाठकको माया पाउने बताए । उनले आफ्नो बारेमा पनि उक्त कृतिमा एउटा निबन्ध परेको बताउँदै सोही कृति सार्वजनिक गर्न पाउँनु सुखद भएको भन्दै सफलताको निम्ति शुभकामना दिनुभयो ।

     अभिवन्द्यका स्रष्टा श्रीओम श्रेष्ठ’रोदन’ले कृतिको रचनागर्भको बारेमा जानकारी दिनुभयो । उनले भने–’भोली के हुन्छ भनेर भन्न सक्दिन्।शालिक र स्मृतिग्रन्थप्रति उतिसाह्रो विश्वास पनि छैन् । त्यसैले जिउँदै सम्मान गर्ने र सम्मानग्रन्थ निकाल्नु पर्दछ ।’आफुले आजसम्म संगत गरेका मान्छे खराव नभएको चर्चा गर्दै उनले जीवनमा आफ्नो कमाई भनेकै साथीभाइ भएको बताउनु भयो । राममणि रिसालको निबन्ध पढेर त्यसको उत्प्रेरणाले निबन्ध लेखनमा लागेको बताउँदै उनले लेखनीमा तेजेश्वर बावु ग्वँगको केही प्रभाव परेको बताउनु भयो ।

     अर्का वक्ता समीक्षक प्रदीप सापकोटाले विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सामिप्यता, उठबस, भोगाइ, सरसंगत, सहकार्य, यात्रा र उनीहरुका योगदानलाई निजात्मक अनुभूतिको चास्नीमा मज्जैले घोलेर लेखिएका व्यक्ति निबन्धहरु पठनीय भएको उल्लेख गर्नुभयो । उनले भने–’निबन्ध काव्यात्मक जस्तो मीठासपूर्ण छ । सत्कर्म गर्नेहरुपूति कृतिले वन्दना गरेको छ । सरल भाषाले निबन्धको प्राण भरेको छ । ’अभिवन्द्यले परम्परावादी निबन्धकारिता तोडेको पनि उनले बताए । निबन्धले आफु मज्जैले तानिएको बताउँदै उनले निबन्धसंग्रह जानकारीमूलक पनि रहेको बताउनु भयो ।

     प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले संस्थाको बारेमा जानकारी दिंदै केही गरौं भन्ने भावनाले प्रतिष्ठानको स्थापना गरिएको बताए । प्रतिष्ठानका कोषाध्यक्ष तारा केसीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन कवि एवं वरिष्ठ सञ्चारकर्मी ठाकुर बेलवासेले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैलाई सदस्य पूर्णबहादुर श्रेष्ठ ’ह्रदयङकृत’ले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्