पनौती । सन् २०१६ मार्च १७ तारेखका दिन रोटरी इन्टरनेसनलबाट मान्यता पाएको दिनलाई हृदयंगम गरि रोटरी क्लब अफ पनौतीले एक समारोहका बीच आफ्नो नवौं स्थापना दिवस (चार्टर डे) सफलतापूर्वक मनाएको छ । गत सोमबार आयोजित उक्त कार्यक्रममा रोटरी क्लब अफ पनौतीले विभिन्न सेवामूलक र सामुदायिक कामहरु गर्दै आएको तथ्य प्रस्तुत गरिएको छ । यसको पछिल्लो उदाहरण गत असोजमा पनौती, बेथाञ्चोक र रोशी क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावितहरुको राहत र पुनस्र्थापनामा रोटरी क्लब अफ पनौतीको अगुवाईमा काभ्रे जिल्लाका सबै रोटरी क्लबहरु मिलेर गरेको सेवामूलक र सामुदायिक कामहरु नै हो ।
क्लबका अध्यक्ष मणिराम सापकोटाको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा सहभागीहरुलाई संस्थापक अध्यक्ष, प्राध्यापक रोटरियन प्रा. डा. सुमनराज ताम्राकारले स्वागत गर्नुभएको थियो । डा. ताम्राकारले रोटरी क्लब अप पनौतीको स्थापनाकालदेखि विभिन्न सेवामूलक र सामुदायिक कामहरु गर्दै आएका कारण समुदायको मन जित्न सकिएको बताए । यसैगरी गर्भनर्स स्पेशल रिप्रेजेन्टेटिभ (जिएसआर) रोटरियन अशोककुमार श्रेष्ठ, रोटरी क्लब अफ पनौतीका पूर्व अध्यक्ष रोटरियन डा. नारायण चरण श्रेष्ठ, रोटरी पनौतीका पूर्व अध्यक्ष एवं वर्ष २०२५–२६ का लागि असिस्टेन्ट गर्भनर (एजी) रोटरियन ई. सितु सैंजु, रोटरी क्लब अफ धुलिखेलकी अध्यक्ष रोटरियन जोत्सना सैंजु, रोटरी क्लब अफ ई–नमोबुद्ध बागमतीकी अध्यक्ष रोटरियन गङ्गा लुइँटेल, रोटरी क्लब अफ काभ्रे–बनेपाका अध्यक्ष श्यामकुमार तिमल्सिनाले आफ्नो मन्तव्यका साथै शुभकामना सन्देश राख्नुभएको थियो ।
त्यसैगरी स्थापना दिवसका अवसरमा रोटरी क्बल अफ पनौतीलाई रोटरी क्लब अफ एड्वाडर््स् टाउन अष्ट्रेलियाका रोटरियन जोन रोनाल्ड प्राइस, काभ्रे जिल्लामा रहेका विभिन्न रोट¥याक्ट क्लब र इन्ट¥याक्ट क्लबका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना दिएका थिए । रोट¥याक्ट क्लब अफ बनेपाकी अध्यक्ष रोट¥याक्टर सदिक्षा धिताल, रोट¥याक्ट क्लब अफ पनौती अध्यक्ष रोट¥याक्टर करिना तिमल्सिना र रोट¥याक्ट क्लब अफ केयु मेडिकल स्कूलकी अध्यक्ष रोट¥याक्टर छाया संज्ञा मगरले रोटरी पनौती रोट¥याक्ट क्लबहरुलाई पनि यात्रामा सँगसँगै लैजान गरेको योगदानको प्रसंशा गरेका थिए । यस्तै, इन्ट¥याक्ट क्लब अफ सिद्धार्थ वनस्थलीकी अध्यक्ष इन्ट¥याक्टर श्रेया मगराती र इन्ट¥याक्ट क्लब अफ केयु हाइस्कूलका अध्यक्ष रोनक श्रेष्ठले स्कूल जीवनबाटै रोटरीबारे मान्ने अवसर पाएकोमा खुशी व्यक्त गरे । रोटरी पनौतीका निवर्तमान अध्यक्ष मधुसुधन गुरागाईंले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रममा सर्जेन्ट–एट्–आम्र्स रोटरियन मनिष भैलले बैठकको प्रतिवेदन प्रस्तुत गरेका थिए । नवौं स्थापना दिवसको कार्यक्रम लगत्तै फेलोसिप गरिएको थियो ।
रोटरी क्लब अफ भक्तपुर पूर्व अध्यक्ष तथा आरपी फाउण्डेशन फर कन्जर्भेसनका अध्यक्ष रबिन्द्र पुरीले रोटरी पनौतीको स्थापनाकालमा क्लब सल्लाहकार हुन पाएको स्मरण गर्दै फाउडेशनका कामहरुमा रोटरी क्लब अफ पनौतीसँगको सहकार्यको प्रशंसा गरे । उनले क्लबको उत्तरोत्तर प्रगतिको कामना गर्दै भवियमा पनि सहकार्य भइरहने अपेक्षा गरे ।
यसैगरी, रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत काभ्रेपलाञ्चोक डिजास्टर रेस्पोन्स परियोजनाबाट विपदबाट जोगिन पूर्वतयारीलगायतका विपद चक्रका विभिन्न आयामहरुमा प्रभावित क्षेत्रमै काम गर्नका लागि ३ वटा रोट¥याक्ट क्लब (केयुएमएस, पनौती र बनेपा) र २ वटा इन्ट¥याक्ट (सिद्धार्थ वनस्थली र केयु हाइस्कूल) क्लबहरुलाई ‘द गोल्डेन हिलिङ–डिजास्टर रिलिफ प्रोजेक्ट अवार्ड’ पत्र हस्तान्तरण गरिएको संयोजक रोटरियन ई. सितु सैंजुले जानकारी दिए । उनका अनुसार परियोजनाले क्लबहरुले प्रस्तावका आधारमा आर्थिक सहयोग उपलब्ध गराउने र सम्बन्धित रोटरी क्लबहरुले ‘मेन्टरसीप’ गर्ने सितू सैंजुको भनाई छ ।
रोटरी पत्रकारिता र स्वास्थ्य सम्मान घोषणा
पनौती÷रोटरी क्लब पनौतीका संस्थापक अध्यक्ष एवं केयु स्कूल अफ मेडिकल साइन्सेजका रोटरियन प्रा.डा. सुमनराज ताम्राकारले स्वर्गवासी आमा–बुबाको स्मरणमा स्थापना गर्नु भएको ‘पुष्पराज स्मृति रोटरी पत्रकारिता सम्मान’ तथा ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ को पाउने व्यक्तित्वहरुको नाम पनि स्थापना दिवसकै अवसरमा घोषणा गरिएको छ ।
दोस्रो पटक प्रदान गर्न लागिएको ‘पुष्पराज स्मृति रोटरी पत्रकारिता सम्मान’ बाट क्रियाशील एवं अग्रज पत्रकार मधुसुधन गरागाईं र ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट केयु स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा.डा. मनोज हुमागाईंलाई सम्मान गरिने घोषणा गरिएको हो । यी दुवै सम्मान काभ्रेका वा काभ्रेलाई कर्मथलो बनाई उम्दा काम गर्ने सम्बन्धित व्यक्ति, संस्था वा निकायलाई दिईने उल्लेख छ ।
यस अघि ‘पुष्पराज स्मृति रोटरी पत्रकारिता सम्मान’ बाट काभ्रे टाइम्स साप्ताहिक र ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट केयु स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्रप्रसाद कोजू सम्मानित भइसक्नु भएको छ ।
क्लबका अध्यक्ष रोटरियन मणिप्रसाद सापकोटाका अनुसार संस्थापक अध्यक्ष प्रा.डा. ताम्राकारले स्थापना गर्नु भएको दुबै सम्मानको राशी ५÷५ हजार रुपैंया र सम्मान पत्र रहेको छ । सम्मानित हुने व्यक्ति वा संस्थाको छनौटका लागि बहालवाला क्लब अध्यक्षसहितको तीन÷तीन सदस्यीय अलग–अलग समिति बनाई निर्णय गरिएको हो । यी दुवै सम्मान क्लबको वर्ष २०२५–२६ को पदस्थापना समारोहमा प्रदान गरिने तय भएको सापकोटाको भनाई छ ।
