नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काभ्रेको तेश्रो बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । महासंघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा दाहाल, महासंघका जितवहादुर श्रेष्ठ, प्रदेशका वासुदेव पौडेल, कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौका अध्यक्ष उद्धव थापामगर, प्रदेश सचिव गंगा तामाङ लगायतको सहभागिता रहेको थियो । अधिबेशनले रघु कपालीको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा सानकाजी सुर्दशन, सचिव गंगा तामाङ, सह सचिव सरोज दास, कोषाध्यक्ष मन श्रेष्ठ, सह कोषाध्यक्ष ताहिर आलम रहेका छन् । सदस्यहरुमा लुकमान अन्सारी, श्रृजना परियार, सुमित्रा परियार र शुशिला लामा रहेका छन् ।
