IMG-LOGO

अनेरास्ववियु इन्द्रेश्वर क्याम्पसमा कुँवरको नेतृत्व

 मंगल, चैत ११, २०८१  --

     चैत्र ५ गते सम्पन्न इन्द्रेश्वर क्याम्पस स्व.वि.यु. निर्वाचन बाट निविरोध निर्वाचित स्व.वि.यु. कार्यसमितिलाई बधाई तथा प्रमाणपत्र वितरण कार्यक्रम स्व.वि.यु निर्वाचन समितिका संयोजक गोपाल दाहालको संयोजकत्वमा र क्याम्पस सञ्चालक समितिको अध्यक्ष तुयुकाजी ताम्राकार र क्याम्पस प्रमुख श्रीकुमार सुवालकको आतिथ्यतामा  सम्पन्न भयो । उक्त कार्यक्रममा व्यवस्थापन समितिका उपाध्यक्ष राजेश कुमार श्रेष्ठ, कोषाध्यक्ष भिमसेन बस्नेत लगायत सञ्चालक समितिका सदस्यहरु विभिन्न संघ सगठनका प्रतिनिधिहरु, शिक्षक कर्मचारी र विद्यार्थीहरु सहित ३५ जनाको उपस्थितिमा सम्पन्न भयो ।

     इन्द्रेश्वर क्याम्पस स्व.वि.यु. निर्वाचनबाट निविरोध निर्वाचित भएका छन् । अध्यक्षमा नेपाल विद्यार्थी संघका सन्दिप कुँवर, सचिवमा अखिल (क्रान्तिकारी) का कृष्ण बहादुर खुलाल, कोषाध्यक्षमा नेपाल विद्यार्थी संघका सुनिता लामा, सदस्यहरुमा नेपाल विद्यार्थी संघका विशान जालु, अनेरास्ववियुुका पुर्णिमा न्यौपाने र अखिल (समाजवादी)का युवराज भुलुन भएका छन् । त्यसैगरी समानुपातिक पदाधिकारी सदस्यहरुमा अनेरास्ववियुका रबिना न्यौपाने, अखिल (क्रान्तिकारी) का आइस्मा थिंग, अनेरास्ववियुका अस्मिता थापा, अखिल (क्रान्तिकारी बहुमत)का सुनमाया गोले र अनेरास्ववियुका लक्ष्मी जैसी रहनुभएक छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्