IMG-LOGO

“पुण्यवती जर्नल” तेस्रो संस्करणको लोकार्पण

 मंगल, चैत ११, २०८१  --

     इन्द्रेश्वर क्याम्पसबाट प्रकाशित “पुण्यवती जर्नल” तेस्रो संस्करणको लोकार्पण तथा मानव अधिकारः आजको सन्दर्भ नागरिक सम्वाद कार्यक्रम इन्सेक नेपालका महासचिव सहप्राध्यापक डा. रघुनाथ अधिकारीको प्रमुख आतित्थ्यता र क्याम्पस सञ्चालक समितिको अध्यक्ष तुयुकाजी ताम्राकारको सभापतित्वमा र क्याम्पस प्रमुख श्रीकुमार सुवालकको आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा व्यवस्थापन समितिका उपाध्यक्ष राजेश कुमार श्रेष्ठ, कोषाध्यक्ष भिमसेन बस्नेत लगायत सञ्चालक समितिका सदस्यहरु विभिन्न संघ सगठनका प्रतिनिधिहरु, शिक्षक कर्मचारी र विद्यार्थीहरु सहित ५५ जनाको उपस्थिति रहेको थियो ।

     इन्द्रेश्वर क्याम्पसबाट प्रकाशित “पुण्यवती जर्नल” तेस्रो संस्करणको लोकार्पणको अवसरमा जर्नलको त्रिभुवन विश्वविद्यालयका डा. राजन विनायक पासाबाट समिक्षा तथा मुल्यांकन गरि यस जर्नलले पनौती लगायत स्थानिय क्षेत्रको अध्ययन अनुसन्धानमा अहम भुमिका खेल्ने कुरा बताउनु भयो र निरन्तर जर्नलको प्रकाशनले जर्नलको ख्याती पाउने कुरा प्रकाश पार्नुभयो ।

     इन्सेक नेपालका महासचिव सहप्राध्यापक डा. रघुनाथ अधिकारीबाट पनौती जर्नलको लोकार्पण गरियो । प्रमुख अतिथि इन्सेक नेपालका महासचिव सहप्राध्यापक डा. रघुनाथ अधिकारीबाट नेपालको  मानव अधिकारको वर्तमान अवस्थाका बारेमा गहन विचार राख्नु भयो । उहाँले नेपालमा मानवअधिकार हनन हुने प्रमुख श्रेत्रहरु महिला हिंसा, घरेलु हिंसा, बालिका हिंसा र श्रमिक, जलवायु वातावरणको अधिकार र प्रदुषणको बारेमा बोल्नुभयो ।

     कार्यक्रमको सभापती तुयुकाजी ताम्राकारले क्याम्पसबाट प्रकाशित तेस्रो जर्नलले पनौती लगायत नेपालका शिक्षा, स्वास्थ्य, ऐतिहासिकता र पर्यतनका श्रेत्रहरुमा विशेष योगदान पुग्ने कुरा बताउनु भयो । कार्याक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख जयराम कर्माचार्यले गर्नु भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्