बनेपा÷सहकारी अभियानाका अभियान्ता, सहकारीकर्मी तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका पुर्व अध्यक्ष कैशालभक्त प्रधानाङ्गको स्वर्गारोहण भएको १३ औ दिनको पुण्य तिथीमा सक्षम बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
प्रधानाङ्ग सक्षम बचत तथा ऋण सहकारी संस्थाका मानार्थ सदस्य समेत हुन् । सहकारी क्षेत्रमा प्रधानाङ्गले गरेको योगदानका बारेमा सहभागिहरुले चर्चा गरेका थिए । संस्थाका अध्यक्ष रमेशकाजी श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा संस्थाका संचालक सदस्यहरु तथा शेयर सदस्यहरु, कर्मचारीहरु, विभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तित्वहरुले श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना ब्यक्त गरेका थिए । श्रद्धाञ्जली सभामा प्रधानाङ्गका नातेदार सर्वज्ञराज कायश्थले उनिसँगका सम्वन्ध, सहकारी क्षेत्र तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानका बारेमा जानकारी गराएका थिए ।
सचिव भवानीराज जोशीले संचालन गरेको कार्यक्रममा मणिराज कायश्थ, ओमप्रसाद मानन्धर, रामकाजी कायश्थ, पूर्णबहादुर कर्माचार्य, उमेश कोईराला, यशोदा केसी, कृष्णकुमार बैद्य, चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतीराम तिमल्सिना, रेडियो एविसीका अध्यक्ष रमेशप्रसाद न्यौपाने लगायतले स्व.प्रधानाङ्ग प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै उहाँको योगदानका बारेमा चर्चा गरेका थिए
