IMG-LOGO

सरस्वती माविको ४५ औं वार्षिकोत्सव योगदान गर्नेलाई सम्मान

 मंगल, चैत ११, २०८१  --

     धुलिखेल, चैत्र ७, श्री सरस्वती माध्यमिक विद्यालय धुलिखेल –८, बडाल गाउँको ४५ औ वार्षिकोत्सव समारोह विद्यालय ब्यवस्थापन समिति अध्यक्ष साधुराम बडालको सभापतित्व तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख ब्यान्जुले शैक्षिक  क्षेत्रको लगानीबाट  दक्ष जन शक्ति उत्पादन गरि देश र नागरिकको समृद्धिको यात्रा पूरा हुने तर धन दौलथ मात्र जोडेर सम्पत्ति  आर्जन गरे भनेर हर्शित नहुन अभिभावकलाई अग्रह गर्नु भयो । शैक्षिक क्षेत्रको बिकासमा नगरले ध्यान दिएको, कार्य सम्पादन मुल्यांकनको आधारमा शिक्षकहरुको स्थानीय सरकारले सम्मान गर्ने नगर प्रमुख ब्यान्जुले बताउनु भयो । सामुदायिक विद्यालयमा सरकारले शिक्षामा गरेको लगानी अनुसार प्रति फल आउन नसकेको हुँदा शिक्षक वर्ग बदि जिम्मेवार हुनुपर्ने भएकोले आप्mनो दायित्व पुरा गर्न लाग्नुपर्ने धारणा नगर प्रमुख व्याञ्जुले राख्नुभयो । प्रधानाध्यापक रमेश प्रसाद बडालले शैक्षिक स्तरीयता र भाबी योजनाको बारेमा प्रष्ट पार्नु भयो । उत्कृष्ट कार्य गरेबापत शिक्षक प्रल्हाद गिरी, शैक्षिक क्षेत्रको बिकासमा सहयोग पु¥याकोमा श्रीजन चेतना युवा समुहलाई गरिएको सम्मान संस्थाका अध्यक्ष रमेश प्रसाद न्यौपानेले ग्रहण गर्नु भयो । शैक्षिक क्षेत्रमा योगदान पु¥याउने व्यक्ति र संघ संस्थालाई सम्मान गरेको थियो । वडा अध्यक्ष बिनोद गौतमले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि भएकोमा बधाई दिंदै आगामी दिनमा अझ प्रगतिमा लम्कन ब्यस्थापन टिम, शिक्षक, अभिभावक र विद्यार्थी सबै एकताबद्द भैइ अघि बढ्नु पार्ने धारणा राख्नु भयो । उत्कृष्ट अङक ल्याउने छात्र र छात्रालाई पुरस्कृत गरिएको थियोे । बिनायक आधारभुत विद्यालयका प्रधानाध्यापक नमराज तिमल्सिनाले मन्तव्य दिनु भएको थियोे । रेडियो एबीसीका अध्यक्ष रमेश प्रसाद न्यौपानेले उत्कृष्ट अङक ल्याउने कक्षा ३ कि छात्रा विना राईले ३.९ जीपिए र कक्षा ७ का छात्र मञ्जील खनालले ३.८० जीपीएकोलाई जनही ब्याक्ती गतरुपमा रु. ५०५÷५०५ रकमबाट पुरस्कृत गर्नुभयो । विद्यार्थीहरुले साङ्गितिक प्रस्तुती सहित नृत्यबाट मनोरञ्जन प्रदान गरेका थिए।कार्यक्रमको सन्चालन नबराज बडालले गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्