IMG-LOGO

जनस्वास्थ्य काभ्रेको कार्य सम्पादनको समिक्षा

 मंगल, चैत ११, २०८१  --

 

     जनस्वास्थ्य कार्यालय काभ्रेले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा समग्र खोपमा ५० प्रतिशत प्रगति गरेको जनाएको छ । शुक्रबार कार्यालयको अर्धवार्षिक समीक्षा तथा पत्रकार अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जनस्वास्थ्य अधिकृत दीपेन्द्रकाजी श्रेष्ठले एचपीभी खोप अभियान अन्तर्गत भने जिल्लाका १६ हजार १०० किशोरीलाई खोप लगाउने लक्ष्य राखेकोमा १५ हजार ८०६ अर्थात लक्ष्यको ९८ प्रतिशतलाई खोप लगाइएको जानकारी दिनुभयो । गत वर्ष बिसिजी खोपमा १०९ प्रतिशत प्रगति भएकोमा यस वर्ष पुस मसान्तसम्म ४६ प्रतिशत प्रगति भएको छ । यस्तै एचआइभी परीक्षण २७ जनामा गरिएकोमा कसैको पनि पोजेटिभ देखिएको छैन भने कुष्ठरोग पनि नियन्त्रणमा रहेको छ । औलो रोग जिल्लामा एक जनामा मात्रै पाइएको छ । डेंगी नियन्त्रणमा भने निकै चुनौती देखिएको कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले बताउनुभयो । साउनयता जिल्लामा ६९३ जनामा डेंगी संक्रमण भएको थियो । यसैगरि राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रममा भने कार्यालयले ५१ दशमलव ८१ प्रतिशत प्रगति गरेको जनाएको छ । जिल्लामा एक विद्यालय एक नर्स कार्यक्रम ८२ वटा विद्यालयमा संचालनमा रहेको तर हाल ५७ वटा विद्यालयमा मात्र कार्यान्वयन भएको पनि कार्यालय प्रमुख कक्षपतिले जानकारी दिनुभयो । रेविज रोगको नियन्त्रणका लागि भ्याक्सिन व्यवस्थापन र नसर्ने रोगको औषधि व्यवस्थापनमा पनि कार्यालयले प्रभावकारीरुपमा काम गरिरहेको बताइएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्