IMG-LOGO

शिर मेमोरियल अस्पतालमा स्तन क्यान्सरको अत्याधुनिक मेशिनबाट उपचार प्रारम्भ

 मंगल, चैत ११, २०८१  --

     शिर मेमोरियल अस्पताल बनेपामा स्तन क्यान्सर परिक्षणका लागि अत्याधुनिक मेशिन उपकरण जडान   ब्यबस्थापन  सहितको सेवा शुभारम्भ । उक्त सेवाको बनेपारपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले सुभारम्भ गर्नु भयो । नगर प्रमुख शाक्यले शिर मेमोरियल अस्पतालले नागरिकहरुको स्वास्थ्य सेवा स्तरमा वृद्धि गर्दै लागेकोमा खुसी व्यक्त गर्नुभयो । बनेपा नगरवासीले बीमा सुविधा लिन धुलिखेल धाउनुुपर्ने सेवा लिन अप्ठ्यारो भएकोले सोको लागि आवश्यक पहलकदमी गर्न स्थानीय सरकारको सहयोग आवश्यक परेमा जुनसुकै वला गर्ने नगर प्रमुख शाक्यले भन्नुभयो । बनेपाका महिलाहरुले ब्रेस्ट क्यान्सरका परीक्षणका लागि गर्नुपर्ने सहयोग १० लाख आवश्यकता अनुसार उपलब्ध गराउने बचत बद्धता व्यक्त गर्नुभयो । जिल्ला प्रहरी काभ्रे प्रमुख बसुनधरा खड्का विशिष्ट अतिथी हुनुहुन्थ्यो । अस्पतालका प्रमुख कार्यकारी निर्देशक डाक्टर हेक्टर, बनेपा वडा ५ का अध्यक्ष बलराम अधिकारी अतिथि रहनु भएको थियोे । अस्पतालको डाक्टर  एन्जेला बस्नेतले महिलाहरुको हुने स्तन क्यान्सरको परिक्षण हरेक मंगलबार र बिहिवार सर्बसुलब ढंगबाट गरिने बताउनु भयो । बिरामीले परिक्षण सेवा लीएबापत २,०००÷– शुल्क बुझाउनुपर्ने छ । प्रारम्भमा २५ प्रतिसत छुट  प्राप्त गर्न सक्ने छन् । परीक्षण शुल्क बापत १५०० तिर्नुपर्ने छ । नेपाल अबुर्द रोग निवारण संस्था काभ्रेको अध्यक्ष नेपाल सुधार भैल र सरोकालवालाहरुको सहभगिता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्