IMG-LOGO

पनौती वडा नं. ८ मा शीत भण्डार निर्माण भो

 मंगल, चैत ११, २०८१  – हरिनाथ न्यौपाने 

पनौती वडा नं. ८ मा शीत भण्डार निर्माण भो

– हरिनाथ न्यौपाने 

     कृषि तथा पशुपन्क्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषकहरुलाई आत्मनिर्भर बनाउन सरकारले प्रयत्न गरिरहेको बताउँनुभएको छ । सक्रिय महिला कृषि सहकारी संस्था लिमिटेड पनौती ८ काभ्रेको आयोजना तथा फरेस्ट एण्ड फार्म फेसिलिटीको सहयोगमा निर्माण भएको शीत भन्डारको आईतवार उद्घाटन मन्त्री अधिकारीले कृषि उत्पादन, कृषकहरुको हित र विषादी न्यूनिकरणमा सरकारले समन्वय गरिरहेको उल्लेख गर्नुभयो । विशिस्ट अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु प्रसाद आचार्यले कृषकहरुले हित एवं समस्याहरु लाई समाधान गरि राज्यले उत्पादनका लागि बजारको सहजिकरण गरिदिनुपर्नेमा जोड दिनुभयो । शीत भन्डारको उद्घाटनसँगै कृषि उत्पादनको प्रर्दशनी गरिएको कार्यक्रममा योमरी, खुवा, मकैको पिठो, च्याख्ला, कोदोका विभिन्न परिकार, चामल तथा त्यसका परिकारहरु, तरकारी तथा त्यसका विभिन्न उत्पादनहरुका साथै घरेलु उत्पादन राखिएको थियो । सक्रिय महिला कृषि सहकारी संस्था लिमिटेड पनौतीकि अध्यक्ष सुमित्रा आचार्य बञ्जाराको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, मुक्तिनाथ कृषि सहकारीका नारायण श्रेष्ठ, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा कृषकहरुको सहभागिता रहेको थियो ।

 

कृषि मन्त्री अधिकारीबाट बन्दै गरेको कोल्डस्टोरको निरीक्षण

     कृषि तथा पशुपन्छी बिकास मन्त्री रामनाथ अधिकारिले बनेपा –८ मा निर्माण भईरहेको कोल्डस्टोरको शुक्रबार निरीक्षण गर्नुभएको छ । समयमै निर्माण कार्य सम्पन्न भएमा बजेटको कुनै समस्या हुन नदिने मन्त्री अधिकारीले प्रतिबद्धता जनाउनुभयो । शुक्रबार नै मन्त्री अधिकारी, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मधु आचार्य, बनेपा नगर उपप्रमुख बिमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने लगायत जनप्रतिनिधिहरुको टोलिले बनेपा नगरपालिका वडा नं ४ का सुरेन्द्र श्रेष्ठ, प्रविन श्रेष्ठ र रमन श्रेष्ठको कृषि फार्म हरुमा अनुगमन तथा निरीक्षण गरेको थियो । उक्त दिननै मन्त्री अधिकारीलाई बनेपा नगरपालिकाको कार्यालयमा स्वागत गर्दै नगर प्रमुख शान्तिरत्न शाक्यले कृषि र पशुपालनमा नगरले गरेको कार्य, रणनीति र समस्याका बारेमा ध्यानाकर्षण समेत गराउनुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्