IMG-LOGO

आदर्श बालविकास विद्यालयको ३७ औं वार्षिकत्सव

 मंगल, चैत ४, २०८१  --

       आदर्श बालबिकास केन्द्र बनेपाको ३७ औ वार्षिकोत्सब समारोह विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार मुल्मीको सभापतित्व तथा बागमती प्रदेश सांसद कन्चन चन्द्र बादेको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको छ । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, ८ नम्बर वडाध्यक्ष शुभलक्ष्मी मानन्धर, विद्यालयको सल्लाहकार  राजु सरकार लगायतको आतिथ्यता रहेको कार्यक्रममा विद्यालयको प्रधानाध्यापक मैया वैद्यले शैक्षिक गतिविधिको बारेमा जानकारी दिनुभयो । प्रमुख अतिथि प्रदेश सांसद बादेले फरकक्षमता भएका बालबालिकाको शिक्षा र रोगगारीको अवसर प्रदान गर्न राज्यले भूमिका खेल्नुपर्छ भन्दै यहाँका शिक्षक वर्ग र कर्मचारीले शिक्षण सिकाइमा योगदान गरेको बताउनु भयो । विद्यार्थीहरुले सिप आर्जनगरी कार्य गरेका विद्यार्थीहरुले उत्पादित वस्तु विक्रीबाट आम्दानी गरेको रकम १७ जना विद्यार्थीलाई हस्तान्तरण गरियो १५ हजार देखि ६० हजार सम्म ६ महिनामा विद्यार्थीले कमाइ गरेका छन् । योगदान गर्ने फुलमाया तामाङलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन राजेश पोटेले गर्नुभएको थियोे ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्