IMG-LOGO

डिस्कोफ काभ्रको अन्तरक्रिया कार्यक्रम

 मंगल, चैत ४, २०८१  --

       जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रेको पाँचखाल सेवाकेन्द्र कार्यालयको आयोजनामा मंगलवार पाँचखाल नगरपालिकाको सभाहलमा प्रारम्भिक सहकारी संस्था र जिल्ला सहकारी संघ बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । यस कार्यक्रममा संघका महिला उपाध्यक्ष एवं पाँचखाल सेवाकेन्द्र ब्यवस्थापन उपसमितिका संयोजक मिरा सत्यालको अध्यक्षता एवं संघका अध्यक्ष अमन पोटे श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । पाँचखाल न.पा कृषि तथा सहकारी शाखा प्रमुख हेमन्त पौडेल संचालक समिति कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटा, संचालक सदस्य मोहन कुमार श्रेष्ठ, सुदर्शन अधिकारी, उपसमितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठ, कर्मचारी र प्रारम्भिक सहकारी संस्थाका ४८ जनाको सहभागीता रहेको थियो ।

       अन्तरक्रिया कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले संघको परिचय सहित संघले गरिरहेको कार्यक्रम, गतिविधि, सेवा सुविधा एवं संघ र प्रारम्कि सहकारीको बीच हुनु पर्ने अन्तरसम्वन्धका विषयमा जानकारी गराउनुका साथै हाल जारी भएको अध्यादेश र नेपाल राष्ट्र बैंकले जारी गरेको मापदण्ड र यसमा आवश्यक संसोधनको लागी आएको पुर्नस्थापन विद्येयकका सम्वन्धमा जानकारी गराउनु भएको थियो ।

       पाँचखाल नगरपालिका कृषि तथा सहकारी शाखाका प्रमुख श्री हेमन्त पौडेलले सहकारी संस्थाहरुको लागी नेपाल सरकारबाट संचालित अनुदान र कार्यक्रमहरुका विषयमा जानकारी गराउदै यसको लाभ लिन सबैमा ध्यानाकर्षण गराउनु भयो । साथै संघका अध्यक्ष श्री अमन पोटे श्रेष्ठले अन्तरक्रिया आर्यक्रममा सहभागीहरुवाट उठेका जिज्ञासाहरु जवाफ दिदै सवै सहकारी संस्थाहरु निति,विधिमा चलाउदै सुशासन कायम गर्न आग्रह गर्नुभयो । साथै सहकारी संस्थाले अवको कार्य प्रविधिसँग जोडिएर कार्य गर्न र संघको कमी कमजोरी सुधार गर्दै प्राप्त सुझावहरुको छलफल गर्दै चरणवद्ध कार्यन्वय गर्दै जाने बताउनु भयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्