IMG-LOGO

मेलम्ची नगरमा बृहत निःशुल्क योग शिविर

 मंगल, चैत ४, २०८१  --

 

       पतंजलि योग समिती मेलम्ची नगरको प्रथम वार्षिक उत्सवको अवसरमा ३ दिने निशुल्क बृहत योग शिविरको आयोजना गरिएको छ । चैत्र २, ३ र ४ गते भएको उक्त शिविरको समापनको कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख आईतराम तामाङ्ग, विशिष्ट अतिथी उप–प्रमुख उमा प्रधान, विशिष्ट अतिथी पतंजलि योग बागमती प्रदेश प्रमुख ग्रुवेन तौजले हुनुहुन्थ्यो ।

       ३ दिन सम्म संचालित उक्त योग शिविरमा बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले योग, ध्यानजप, अभ्यास र प्राणायाम बारे शिविरमा सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

       नगर प्रमुख आईतमान तामाङ्गले ३ दिन सम्म लगातार शिविरमा सहभागी भई मेलम्ची नगरमा सम्पूर्ण नगरबासीहरुलाई योग अभ्यासद्वारा स्वस्थ बनाउने अभियानमा आफु लागी परेको र स्वस्थ नगर निर्माण गर्न आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । सो समापन कार्यक्रमको सभापतित्व मेलम्ची नगर योग समितीको अध्यक्ष विक्रम दुलालले गर्नु भएका्‌े कायृक्रममा पूर्व मन्त्री ईन्द्रमान गुरुङ्ग, उप–प्रमुख उमा प्रधान, प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, पतंजलि योग समिती सिन्धुपाल्चोकका अध्यक्ष नातिबाबु धिताल, वडाध्यक्ष चन्द्र बहादुर तामाङ्ग, महिला समिती सिन्धुपाल्चोकका अध्यक्ष कविता रावत, ईन्द्रावती क्याम्पस प्रमुख राधा कृष्ण श्रेष्ठले मनतव्य राख्नु भएको थियो । उक्त शिविर पछी मेलम्ची नगरपालिकाद्वारा शिविरमा सहभागी योग साधक साधिका पदाधिकारीहरुलाई पर्यटन क्षेत्र आमा याङ्ग्रीसम्म पदयात्रा समेत गरि आन्तरिक पर्यटन क्षेत्रमा टेवा पूर्‍याउने कार्य गरिएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्