IMG-LOGO

अडिटर्स एशोसियसन काभ्रेको अध्यक्षमा पूनः अर्जुन दास

 मंगल, चैत ४, २०८१  --

       नेपाल अडिटर्स एशोसिएसन(अडान) काभ्रेपलाञ्चोकको सातौं जिल्ला अधिवेशन केन्द्रीय बरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद भट्टराईको प्रमुख आतिथ्यता एवं काभ्रेका अध्यक्ष अर्जुनदास श्रेष्ठको सभापतित्वमा शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रम जिल्ला उपाध्यक्ष सत्यनारायण श्रेष्ठले संञ्चालन गर्नुभयो भने कार्यक्रमको स्वागत मन्तव्य सचिव कृष्णगोपाल श्रेष्ठले गर्नुभएको थियो । सोही अवसरमा २०६३ देखि २०६६ सालसम्म जिल्ला अध्यक्षको जिम्मेवारी बहन गर्ने उदिमबहादुर देवकोटा र २०६६ देखि २०७६ सालसम्म जिल्ला अध्यक्षको नेतृत्व गर्ने शारदाप्रसाद शर्मा धिताललाई सम्मान गरिएको थियो । अधिवेशनको बन्दसत्रले अर्जुनदास श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चयन समेत  गरेको छ । समितिको उपाध्यक्षमा सत्यनारायण सापकोटा, सचिवमा कृष्णगोपाल श्रेष्ठ, कोषाध्यक्षमा श्रीराम शर्मा, सदस्यहरुमा विकास वैद्य, गोपिचन्द्र शाही, कृष्णप्रसाद ज्ञवाली, माधवप्रसाद नेपाल, हरिकृष्ण तिमल्सिना  निर्विरोध चयन हुनुभएको छ । कार्यक्रममा केन्द्रीय पार्षद् झलकमणि लम्साल, उपाध्यक्ष भोलानाथ पाठक, उपाध्यक्ष मिरा श्रेष्ठ, पार्षद प्रदिपकुमार यादव, महासचिव प्रेमकुमार श्रेष्ठ, उपमहासचिव भरतकुमार श्रेष्ठ, पार्षद् हरिबहादुर कार्की, केन्द्रीय सचिव माया वादे, बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेको आतिथ्यता रहेको थियोे ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्