बहाल्टारेश्वर आध्यात्मिक प्रतिष्ठान धुलिखेल–८ बडालगाउँको प्रथम साधारण सभा शनिबार सम्पन्न भयो । धुलिखेल वडा नं. ८ का अध्यक्ष विनोद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सचिव गणेश प्रसाद बडालले स्वागत मन्तव्य सहित भाविकार्य योजना, आर्थिक प्रदिवेदन प्रस्तुत गर्नुभयो । श्री जन चेतना युवा समूहका संस्थापक अध्यक्ष उद्धव प्रसाद वडाल, प्रतिष्ठानका संरक्षक आचार्य पण्डीत सुदर्शन बडालले गुरुयोजनाको बारेमा प्रस्ट पार्नुभयो । आचार्य पण्डीत रामहरी बडालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । संस्थापक सदस्य १, आजीवन सदस्य २७ जना, साधारण सदस्य ८९ गरी १ सय १७ जना सदस्य रहेको प्रतिष्ठानमा प्रथम साधारण सभाले रामहरि बडालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्ष अच्यूद प्रसाद बडाल, सचिव गणेश प्रसाद बडाल, कोषाध्यक्ष सुनिता सापकोटा बडाल, सहसचिव शुकदेव बडाल सदस्यहरुमा पार्वती के.सी., गोमाबडाल, कृष्णबहादुर भुजेल, ललिता बडाल, खिलकुमारी खड्का गौतम र पुरुषोतम बडाल रहनुभएको छ । उक्त प्रतिष्ठानमा साधुराम बडालको संयोजकत्वमा उद्धवप्रसाद बडाल, पण्डीत विष्णुहरी बडाल, पण्डीत पुरुषोतम बडाल, रमेशप्रसाद न्यौपाने, नवराज बडाल, हरिप्रसाद हुमागाई, वेदप्रसाद बडाल, चोलाबहादुर गौतम रहेको ९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । बहल्टारेश्वर आध्यात्मिक प्रतिष्ठान र मन्दिर निर्माणका लागि गत वर्ष श्री जन चेतना युवा समूहको मुल आयोजक समिति रहेर स्थानीयहरुको जागरुकताले श्रीमद् भागवत महायज्ञ सञ्चालन गरी आर्थिक रकम सहयोग संकलन गरेको कुरा संस्थाका अध्यक्ष रमेश प्रसाद न्यौपानेल बताउनु भयो । कार्यक्रम सञ्चान प्रतिष्ठानका सल्लाहकार नवराज बडालले गर्नुभएको थियो ।
